logo

हस्तकला क्षेत्रको विकास र प्रर्वद्धनमा सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

    1601   पटक पढिएको

३ कात्तिक / अर्थ र व्यापार – प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकला क्षेत्रको बिकास र प्रर्वद्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारबाट काठमाडौंमा सुरु भएको १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउदै आएको हस्तकला क्षेत्रको विकास र प्रर्वद्धनका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले हस्तकला निकाशी गर्दै विदेशी मुद्राको आय–आर्जनबाट मुलुकको आर्थिक घाटा न्यूनीकरण हुने विश्वास गरे । यसैगरि, उनले हस्तकला क्षेत्रमा देखिएको कर सम्बनधी समस्यालाई सहजिकरण गर्ने बताए । उनले हस्तकला उद्योग नेपालको गरिमा र पहिचानको क्षेत्र भएकाले समयानुकल परिस्कृत गर्दै अघि बढाउनुपर्ने धारणामा जोड दिए । 
आगामी आइतबारसम्म सञ्चालन हुने मेलामा हस्तकला लगायतका विभिन्न स्वदेशी वस्तुको एकसय २० वटा स्टल रहेका छन् । मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिता अन्तर्गत बिभिन्न विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृत समेत गरिने महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले जानकारी दिए । 
आयोजक संस्था नेपाल हस्तकला महासंघका उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले  यस मेलाको मुख्य आकर्षणहरुमा एउटै छानामुनि हस्तकलाजन्य वस्तुको बृहत प्रदर्शनी तथा बिक्री, समयसापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुको प्रदर्शनी, परम्परागत तथा नवोदित सम–सामयिक हस्तकला विधाको कलाप्रतियोगिता रहेको बताए । महासंघका उपाध्यक्ष तथा मेला संयोजक शाक्यले हस्तकला रोजगारी सृजनाको साथै आर्थिक उपार्जनको मुख्य स्रोत भएको बताउँदै हस्तकलाको पहिचान र संरक्षणको लागि कला वर्ष घोषणा गर्न सरकारलाई आग्रह गरे । यसैगरि, उनले साच्चै सरकारले हस्तकलाको विकास, संरक्षण गर्न, प्रोत्सहान गर्न सरकारी कार्यलयमा स्वदेशी उत्पादित बस्तुको प्रयोग गर्न खरिद ऐनमा व्यवस्था गर्नुपर्नेमा जोड दिए । 
त्यसैगरि, विभिन्न विधामा जीवन पर्यन्त संलग्न ७० वर्ष नाघेका जेष्ठ कलाकारलाई सम्मान र हस्तकलाका क्षेत्रमा उत्कृष्ट निर्यातकर्ताहरुलाई सम्मान पनि यस मेलाको आकर्षण रहेको उनले जानकारि दिए ।  अहिले यस मेलालाई थप प्रभावकारी बनाउन सामाजिक संजालको उपयोगलाई पनि व्यापक बनाएको बताउँदै उनले यहि मेलाकै अवसरमा महासंघले प्रधानमन्त्री देउवाबाट स्वदेशी हस्तकलाको अनलाइन कारोबारका लागि महासंघले आफ्नै अनलाइन पोर्टल ‘ई कला नेपाल ’निर्माण गरि शुक्रबारदेखि नै शुभारम्भ गरेको बताए । 
महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले मेला अयोजना गर्नुको उदेस्यबारे जानकारि गराएका थिए । सो कार्यक्रममा प्रधानमन्त्री देउवाले साधना माला पुस्तकको विमोचन, महासंघको व्यवसायिक अनलाईन पोर्टल ईकलाको औपचारिक शुभारम्भ गरेका थिए ।   
महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले मेलाले कोरोना महामारीले सिथिल बनेको हस्तकलाको आन्तरिक तथा बाह्य बजारलाई प्रवद्र्धन गर्न  टेवा पुग्ने बताउँदै मेला सफलताको लागि सबैसँग आग्रह गरे ।
सोही कार्यक्रममा उत्कृष्टि  व्यवसायीहरु पद्मरत्न धाख्वा, गोपीप्रसाद कँडेल, प्रदिप थापा ,जेम्स श्रेष्ठ, संगम श्रेष्ठ, सोनुस केसी, खगेन्द्र गजमेर, निम्दिकी शेर्पा, गोबिन्द टण्डन, एकदेव अर्याल, चन्द्र बहादुर थापा , नरेशलाल श्रेष्ठ, मेहेश्वर श्रेष्ठ, रविन श्रेष्ठ, कुवेर सापकोटा, नन्द बज्राचार्य लगायतलाई दोसल्ला ओढाइ सम्मान्नपत्रसहित सम्मान्न  गरिएको थियो ।  
तीन चल्ने यस मेलाका झण्डै एक लाखले अवलोकन गर्ने, प्रत्यक्ष कारोबार र व्यवसायिक अर्डरसमेत गरी तीन करोडदेखि पाँच करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ । साथै, मेलामा प्रवेश टिकट खरिद गरी मेला अवलोकन गर्ने आगन्तुकलाई विशेष आकर्षक डोर प्राइजको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।
  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।