logo

नक्कली स्टिकर प्रयोगरि राजश्व छल्ने क्रिष्टल बोटलर्स र माउन्ट एभरेष्ट डिष्टीलरी विरुद्द ५ करोडबढीको मुद्दा 

    1489   पटक पढिएको

१ मंसिर / अर्थ र व्यापार – नक्कली स्टिकरको कारोबार गर्ने दुई डिष्टिलरी विरुद्ध मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले मंगलबार क्रिष्टल बोटलर्स प्रालि र माउन्ट एभरेष्ट डिष्टीलरी प्रालि विरुद्ध मुद्दा दायर गरेको हो । 
राजश्व छलिमा संलग्न यी मदिरा कम्पनीले भारतबाट नक्कली अन्तःशुल्क स्टिकर ल्याएर प्रयोग गर्ने गरेको अनुसन्धानबाट पुष्टि भएको विभागले जनाएको छ ।

नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरेको पुष्टि भएसँगै यी कम्पनीहरुविरुद्ध विभागले मुद्दा दायर गर्दै पाँच करोड ५६ लाख ४३ हजार रुपैयाँ बिगो माग दाबी समेत गरेको छ । 
विभागका अनुसार क्रिष्टलले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा उद्योग राखी मदिरा उत्पादन तथा बिक्री व्यवसाय सञ्चालन गर्दै आएको थियो । यसका सञ्चालक फुलसिंह क्षेत्री हुन्। विभागले मुख्य अभियुक्तका रुपमा क्रिष्टलका क्षेत्रीलाई नै लिएको छ।
यसैगरि, माउन्ट एभरेष्ट डिष्टिलरीका संचालक मृगेन्द्र गोविन्द श्रेष्ठ र  रुपन्देही सिद्धार्थनगर नगरपालिका मोहम्मद सहिद अन्सारीलाई पनि विभागले मुख्य अभियुक्त मध्ये मानेको छ ।  यी दुई कम्पनीका गरी कुल १२ जनाविरुद्ध विभागले उच्च अदालत तुल्सीपुरको बुटवल इजलास (रुपन्देही) मा मुद्दा दायर गरेको हो ।
तीन महिनाअघि सशस्त्र प्रहरीले भन्सार नाकाबाट नक्कली अन्तःशुल्क स्टीकर सहित दुई जना भरियालाई पक्राउ गरको थियो। प्रहरीले थप अनुसन्धानका लागि उनीहरुलाई राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो । 
विभागले सुरुआती दिनमा अनुसन्धानमा ध्यान दिएको थिएन। अनुसन्धान विभागको नेतृत्वमा प्रकाश पौडेल आएपछि उनले अनुसन्धानलाई चासोका साथअघि बढाएका थिए । ती भरियाले भारतीय नागरिक बाबुराजा कशोधनको नाम लिएपछि प्रहरीले भारतबाट कशोधनलाई पक्राउ गरी नेपाल ल्याएको थियो ।  
त्यसपछि बरामद गरिएको स्टिकर क्रिष्टल र माउन्ट एभरेष्ट डिष्टिलरीले प्रयोग गर्ने सिरियल नम्बर मिलेपछि दुवै डिष्टिलरीमा विभागले छापा मारेको थियो । तर, अनुसन्धान कार्यालय बुटवलले प्रक्रिया नै पूरा नगरी उद्योग सञ्चालन अनुमति दिएको थियो। त्यसपछि विभागका महानिर्देशक पौडेलले अनुसन्धान कडाइका साथ अघि बढाउन निर्देशन दिएपछि नक्कली स्टिकरको मुख्य कारोबारी ‘भीम’ भनिने कुलप्रसाद पण्डित नाम गरेका व्यक्ति पक्राउ परेका छन ्। उनलाई पक्राउ गरेपछि विभागले अनुसन्धानलाई निष्कर्षमा पु¥याएको हो।
यसैगरि, विभागले नक्कली स्टिकर प्रयोग गरेको अभियोगमा उनीहरुसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । जसमा क्रिष्टलका सञ्चालक फुलसिंह क्षेत्री र प्रदीप क्षेत्री छन्। यस्तै, माउन्ट एभरेष्टका सञ्चालक मृगेन्द्र गोविन्द, प्रतिभा श्रेष्ठ, मुख्य कारोबारकर्ता प्रविन्द्र गोविन्द श्रेष्ठ छन् । सो राजश्व छलि कारोबारमा सहयोग गर्ने मोहम्मद सहिद अन्सारी, अमानत अली रुपन्देही बुटवल उपमहानगरपालिका स्थायी ठेगाना भएका राजा कशोधन भनिने विनय कशोधन छन् । यसैगरी, सर्लाही लालबन्दीका हरिप्रसाद पौडेल कुल बहादुर पण्डित मुख्य अभियुक्त रहेको विभागले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।