logo

मौद्रिक नीतिको समीक्षा मंसिर पहिलो साता , तयारीमा जुटेको राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा फेरबदल नगर्ने 

    1327   पटक पढिएको

२६ कात्तिक / अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले आगामी मंसिर पहिलो साता चालू आर्थिक वर्ष २०७८/ ७९ का लागि जारी गरिएको मौद्रिक नीतिको समीक्षा गर्ने भएको छ । राष्ट्र बैैंकले गत २९ साउनमा ल्याएको चालू आवको मौद्रिक नीतिको समीक्षा गर्न अहिले राष्ट्र बैंकले आवश्यक तयारीलाई तिब्र बनाएको छ ।
राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार अहिले मौद्रिक नीतिको समीक्षाको तयारी भएको छ । मंसिर पहिलो साता गर्न सकिन्छ कि भनेर तयारी भईरहेको भएपनि अझै ठयाक्कै कुन दिन गर्ने भन्ने मिति भने तय भईनसकेको उनले बताए । सह प्रवक्ता पोखरेलले भने, ‘मौद्रिक नीतिको पहिलो समीक्षा गर्ने समय भएकोले त्यसको तयारी हुनुलाई स्वाभाविक र राष्ट्र बैंकको नियमति प्रक्रिया मै पर्छ ।’ राष्ट्र बैंकले हरेक तीनतीन महिनामा मौद्रिक नीतिको समीक्षा गर्ने गरेको छ ।
राष्ट्र बैंकले साउन अन्तिममा ल्याएको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमा तोकिएको थियो । जुन विषय यो वर्षको सबैभन्दा बढी चासो र बहसको विषय भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयरधितो कर्जामा एउटा व्यक्ति वा फर्मलाई एउटा बैंक वा वित्तीय संस्थाबाट बढीमा चारकरोड र सबै बैंक वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँसम्म मात्रै लिन पाइने नीतिगत व्यवस्था गरेको छ ।
यस्तो व्यवस्थाले सेयर बजारमा पुँजीको अभाव भएकोले बजार घटेको आरोप लागिरहेको छ । यही व्यवस्था कारण शेयर बजार घटेको भनिएपनि राष्ट्र बैंकले ल्याएको यो नीति यति छिट्टै संशोधन वा परिमार्जन नहुने संकेत राष्ट्र बैंकले गरेको छ । 
राष्ट्र बैंक स्रोतका अनुसार केन्द्रीय बैंकले लिने नीति छिटोछिटो परिवर्तन भइहाल्ने भन्ने हुँदैन् । शेयर धितो कर्जा सिमित व्यक्तत्तिलाई रोक्न ल्याइएकोले धेरैको हितमा यो सीमा रहेको उल्लेख छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि गत बुधबार भएको बैंकर्स संघको एक कार्यक्रम र त्यस अघि नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सार्वजनिक कार्यक्रममै शेयर धितो कर्जा सिमित व्यक्तिलाई रोक्न ल्याइएको बताएका थिए ।
जसका कारण पनि सहजै अनुमान लगाउन सकिन्छ । अब यो नीति परिवर्तन हुने छैन । सो कार्यक्रममा गर्भनर अधिकारीले यो व्यवस्था सिमित व्यवसायीले मात्रै प्रयोग गरिरहेकोले साना र अधिकांश व्यवसायीको हितको लागि यस्तो कर्जाको व्यवस्था गर्ने बताए । राष्ट्र बैंकले साना लगानीकर्ताले सहजै लिन सक्ने गरी शेयर धितो कर्जाको अध्ययन समेत गरिरहेकोले तत्कालै शेयर धितो कर्जाको सीमा परिवर्तन नहुने  उल्लेख गरेको छ ।

राष्ट्र बैंकले चालू आवदेखि नै बैंकहरूलाई कर्जाको सीमा बढाउन पुँजी कर्जा निक्षेप (सीसीडी) रेसियो खारेज गरेर कर्जा निक्षेप (सीडी) रेसियो कायम गरेको छ । यो व्यवस्थाले पनि बैंकहरूले कर्जा बढाएको भनिएको छ । तर, राष्ट्र बैंकले सीडी रेसियोको सीमा लागू गर्ने समय भने आगामी असार मसान्तलाई दिएको छ । सीसीडी हुँदा बैंकहरूले ८५ प्रतिशतसम्म कर्जा दिन पाउँथे भने अहिले सीडीको व्यवस्थाले भने ९० प्रतिशतसम्म कर्जा दिने सुविधा पाएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।