logo

१० हजार रुपैयाँ नगद अनुदानकालागि सरकारले कोभिड प्रभावित विपन्नसँग माग्यो आवेदन 

१५ दिनभित्र सहभागी हुन अर्थमन्त्रालयको आग्रह 

    1164   पटक पढिएको

२५ कात्तिक / अर्थ र व्यापार – सरकारले कोरोना महामारिका कारण रोजगारी गुमाएका अति विपन्न परिवारलाई १० हजार रुपैयाँ नगद अनुदान लिनका लागि निवेदन दिन आग्रह गरेको छ । अर्थ मन्त्रालयले बिहीबार सूचना निकालेर आगामी १५ दिनभित्र आवेदन दिन यस्तो आग्रह गरेको हो ।
सरकारले अनुदान एवं राहतस्वरुप प्रदान गर्ने यस कार्यक्रममा सहभागी हुन अति विपन्न परिवारले सूचना निकालेको १५ दिनभित्र आवेदन दिनुपर्नेछ । अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका अतिविपन्न पाँच लाख गरिब परिवारलाई चालु आर्थिक वर्ष २०७८÷७९ मा राहत स्वरूप एक पटककालागि प्रति परिवार १० हजार रुपैयाँका दरले नगद अनुदान दिने सरकारले निर्णय गरेको थियो ।
यस्तो, अनुदान प्राप्त गर्न योग्य परिवारको कुनै एक मात्र सदस्यले आफू स्थायी वा अस्थायी (न्यूनतम विगत ६ महिनादेखि) रूपमा बस्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन पेश गर्न अर्थमन्त्रालयद्धारा सार्वजनिक गरिएको सूचनामा भनिएको छ ।
जसकालागि अर्थ मन्त्रालयले नगद राहत प्राप्त गर्न लाभग्राहीको योग्यता तथा मापदण्ड समेत तोकेको छ । मन्त्रालयले विगतमा गर्दै आएको रोजगारी पूर्णरूपमा गुमाएको र रोजगारीको अर्को अवसर समेत प्राप्त गर्न नसकी बेरोजगार भएको असंगठित क्षेत्रको मजदुर वा कामदार, खुला सडक, फुटपाथ या चौरमा खर्पन, नाङलो, ठेला लगायतमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्याला मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी अमिक, रिक्साचालक, तथा ठेलागाडा मजदुरले आवेदन गर्न सक्ने मापदण्ड तोकेको छ । यो कार्यक्रम मार्फत सरकारले पाँचलाख जनाको संख्यामा विपन्न परिवारलाई राहत रुवरुप नगद अनुदान उपलब्ध गराउने छ । 
यसैगरि, सार्वजनिक यातायातका मजदुर, पर्यटक भरिया, कोभिड–१९ संक्रमणको कारण एकाघरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक संकट झेल्नु परेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारलाई प्राथमिकतामा राखेको छ ।
मन्त्रालयले नगद राहत प्राप्त गर्न अयोग्य परिवार समेत तोकेको छ । आवेदन दिदाको समयमा निवेदकको एकाघरपरिवारका कुनै सदस्यले सरकारी, निजी वा अन्य कुनै संघ संस्था वा वैदेशिक रोजगारीमा स्थायी, अस्थायी वा करारमा रोजगारीको अवसर प्राप्त गरी आयआर्जन गरिरहेको, परिवारको कुनै सदस्यले नेपाल सरकारबाट उपलब्ध हुने अन्य सामाजिक सुरक्षा (जेष्ठ नागरिक, एकल महिला, दलित वा अपाङ्ग) बापतको भत्ता वा नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्थाबाट निवृत्तभरण वा विदेशी सरकारबाट पेन्सन सविधा प्राप्त गरिरहेका व्यक्तिहरुले यस्तो राहत नगद अनुदानको रकम नपाउने समेत मन्त्रालयले स्पष्ट्र पारेको छ । 
यसैगरि, सञ्चित आय वा पैत्रिक सम्पत्तिबाट तत्कालको खर्च आवश्यकता पूरा गर्न सक्ने अवस्थामा रहेको, प्रधानमन्त्री रोजगार कार्यकम वा नेपाल सरकार, प्रदेश सरकार या स्थानीय तहको कार्यक्रम बमोजिम यस प्रयोजनका लागि एकपटक राहतको रूपमा नगद प्राप्त गरेको परिवारले पनि सरकारले राहतस्वरुप दिने अनुदान रकम भने नपाउने अर्थमन्त्रालयले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।