२४ कात्तिक / अर्थ र व्यापार – आगामी शुक्रबारदेखि एफम्यान फुटवेयर बिजनेस एक्स्पो हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपाल को आयोजनामा फुटवेयर एक्सपो हुन लागेको हो ।
आयोजक समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ सो मेला आगामी १३ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।
हरेक वर्ष संचालन हुँदै आएको यस एकस्पो विगत २ वर्षदेखि कोरोना महामारिका कारण सञ्चालन हुन सकेको थिएन । एक्स्पोमा ३० वटा कम्पनीका ६० वटा स्टल रहने एशोसिएसले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया