logo

दुई महिनामा साढे २ खर्ब बढी व्यापार घाटा, साढे ८३ अर्ब राजस्व संकलन

    1246   पटक पढिएको

१० असोज / अर्थ र व्यापार – चालू आर्थिक वर्ष २०७८ / ७९ को बितेका दुई महिनाको अवधिमा नेपालले साढे २ खर्ब बढी व्यापार घाटा बेहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आवको बितेका दुई महिना भदौसम्ममा २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख रूपैयाँ बराबरको व्यापार घाटा बेहोरेको हो ।
गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख रूपैयाँ बराबरको व्यापारघाटा गरेको थियो । गत वर्षको तुलनामा चालू आवको सोही अवधिमा नेपालले ७० दशमलव ७५ प्रतिशतले व्यापार घाटा बेहोरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
नेपालले भदौ महिनासम्ममा ३ खर्ब १४ अर्ब ५१ करोड ७१ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख रूपैयाँ बराबरको आयात गरेको थियो । गत वर्षको तुलनामा चालू आवमा ७५.८६ प्रतिशतले आयात बढेको छ ।
त्यस्तै, चालू आवमा निर्यातमा पनि गत साउन महिनाकै हाराहारीमा निर्यात बढेको छ । आव २०७७ / ७८ को पहिलो दुई महिनामा नेपालबाट २० अर्ब ४४ करोड ३० लाख रूपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो । चालू आवको सोही महिनामा नेपालले ४४ अर्ब ३ करोड ९५ लाख रूपैयाँको निर्यात गरेको छ । जुन ११५.४३ प्रतिशतले बढी हो ।
नेपालले चालू आवको पहिलो महिनादेखि नै उच्च रूपमा आयात निर्यात गर्दै आएको भन्सार विभागको तथ्यांकले उल्लेख गरेको छ । नेपालले दुई महिनाको अवधिमा ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रूपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्ष सोही अवधिमा नेपालले १ खर्ब ९९ अर्ब २८ करोड ९३ लाख रूपैयाँको मात्रै वैदेशिक व्यापार गरेको थियो । गत वर्षको तुलनामा चालू आवको वैदेशिक व्यापार ७९.९२ प्रतिशतले बढेको विभागको तथ्यांकमा उल्लेख छ ।
आयात निर्यातको अनुपात हेर्ने हो भने गत वर्षको तुलनामा १८.३७ प्रतिशतले कमी आएको छ । गत वर्ष भदौ महिनासम्ममा औसत आयात÷ निर्यात ८.७५ रहेकोमा चालू आवमा ७.१४ प्रतिशतमा झरेको छ । साथै, सरकारलले उक्त आयातित वस्तु तथा सेवाबाट ८३ अर्ब ५२ करोड ९३ लाख रूपैयाँ राजस्व संकलन गरेको छ ।
त्यसैगरी, नेपालबाबाट भदौ महिनासम्ममा सबैभन्दा बढी सोयाबिन आयल आयात गरेको छ । भदौसम्ममा नेपालले १५ अर्ब ६० करोड रूपैयाँको क्रुड सोयाबिन तेल आयात गरेको छ । दोस्रोमा डिजेल मात्रै १३ अर्ब ९६ करोड २८ लाख रूपैयाँको आयात गरेको छ ।
त्यस्तै, आइरन तथा स्टिल १० अर्ब ५४ करोड ५१ लाख रूपैयाँको, मोबाइल फोन १० अर्ब ३६ करोड ३५ लाख रूपैयाँको, पेट्रोल ८ अर्ब ५५ करोड २५ लाख रूपैयाँको, सुन ८ अर्ब ३५ करोड ७७ लाख रूपैयाँको, एलपीजी ग्याँस ७ अर्ब ९९ करोड २३ लाख रूपैयाँको, सिल्भर ६ अर्ब ६५ करोड ८९ लाख रूपैयाँको, क्रुड पाम तेल ६ अर्ब ४५ करोड २६ लाख रूपैयाँको र आइरन स्टिल ४ अर्ब ८७ करोड ५८ ५८ लाख रूपैयाँको आयात भएको छ ।
नेपालले दुई महिनाको अवधिमा ४४ अर्ब रूपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गर्दा आयातिति भटमासको तेल नै उच्च रूपमा निर्यात भएको देखिन्छ । दुई महिनाको अवधिमा नेपालबाट १६ अर्ब ४८ करोड १५ लाख रूपैयाँको मात्रै भटमासको तेल निर्यात भएको छ । दोस्रोमा भारतले पाम तेलको निर्यातमा प्रतिबन्ध फुकुवा गरेसँगै पाम तेल ७ अर्ब ५० करोड ६१ लाख रूपैयाँ, १ अर्ब ५० करोड ३६ लाख रूपैयाँको कार्पेट, १ अर्ब ४५ करोड ८९ लाख रूपैयाँको सूर्यमुखी तेल, १ अर्ब ३३ करोड ५० लाख रूपैयाँको जुट तथा टेक्स्टायल, १ अर्ब ९ करोड ७ लाखको फेल्ट, ९३ करोड ८२ लाखको धागो, ९१ करोड ६७ लाखको अलैंची निर्यात भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।