logo

दुई महिनामा साढे २ खर्ब बढी व्यापार घाटा, साढे ८३ अर्ब राजस्व संकलन

    978   पटक पढिएको

१० असोज / अर्थ र व्यापार – चालू आर्थिक वर्ष २०७८ / ७९ को बितेका दुई महिनाको अवधिमा नेपालले साढे २ खर्ब बढी व्यापार घाटा बेहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आवको बितेका दुई महिना भदौसम्ममा २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख रूपैयाँ बराबरको व्यापार घाटा बेहोरेको हो ।
गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख रूपैयाँ बराबरको व्यापारघाटा गरेको थियो । गत वर्षको तुलनामा चालू आवको सोही अवधिमा नेपालले ७० दशमलव ७५ प्रतिशतले व्यापार घाटा बेहोरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
नेपालले भदौ महिनासम्ममा ३ खर्ब १४ अर्ब ५१ करोड ७१ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख रूपैयाँ बराबरको आयात गरेको थियो । गत वर्षको तुलनामा चालू आवमा ७५.८६ प्रतिशतले आयात बढेको छ ।
त्यस्तै, चालू आवमा निर्यातमा पनि गत साउन महिनाकै हाराहारीमा निर्यात बढेको छ । आव २०७७ / ७८ को पहिलो दुई महिनामा नेपालबाट २० अर्ब ४४ करोड ३० लाख रूपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो । चालू आवको सोही महिनामा नेपालले ४४ अर्ब ३ करोड ९५ लाख रूपैयाँको निर्यात गरेको छ । जुन ११५.४३ प्रतिशतले बढी हो ।
नेपालले चालू आवको पहिलो महिनादेखि नै उच्च रूपमा आयात निर्यात गर्दै आएको भन्सार विभागको तथ्यांकले उल्लेख गरेको छ । नेपालले दुई महिनाको अवधिमा ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रूपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्ष सोही अवधिमा नेपालले १ खर्ब ९९ अर्ब २८ करोड ९३ लाख रूपैयाँको मात्रै वैदेशिक व्यापार गरेको थियो । गत वर्षको तुलनामा चालू आवको वैदेशिक व्यापार ७९.९२ प्रतिशतले बढेको विभागको तथ्यांकमा उल्लेख छ ।
आयात निर्यातको अनुपात हेर्ने हो भने गत वर्षको तुलनामा १८.३७ प्रतिशतले कमी आएको छ । गत वर्ष भदौ महिनासम्ममा औसत आयात÷ निर्यात ८.७५ रहेकोमा चालू आवमा ७.१४ प्रतिशतमा झरेको छ । साथै, सरकारलले उक्त आयातित वस्तु तथा सेवाबाट ८३ अर्ब ५२ करोड ९३ लाख रूपैयाँ राजस्व संकलन गरेको छ ।
त्यसैगरी, नेपालबाबाट भदौ महिनासम्ममा सबैभन्दा बढी सोयाबिन आयल आयात गरेको छ । भदौसम्ममा नेपालले १५ अर्ब ६० करोड रूपैयाँको क्रुड सोयाबिन तेल आयात गरेको छ । दोस्रोमा डिजेल मात्रै १३ अर्ब ९६ करोड २८ लाख रूपैयाँको आयात गरेको छ ।
त्यस्तै, आइरन तथा स्टिल १० अर्ब ५४ करोड ५१ लाख रूपैयाँको, मोबाइल फोन १० अर्ब ३६ करोड ३५ लाख रूपैयाँको, पेट्रोल ८ अर्ब ५५ करोड २५ लाख रूपैयाँको, सुन ८ अर्ब ३५ करोड ७७ लाख रूपैयाँको, एलपीजी ग्याँस ७ अर्ब ९९ करोड २३ लाख रूपैयाँको, सिल्भर ६ अर्ब ६५ करोड ८९ लाख रूपैयाँको, क्रुड पाम तेल ६ अर्ब ४५ करोड २६ लाख रूपैयाँको र आइरन स्टिल ४ अर्ब ८७ करोड ५८ ५८ लाख रूपैयाँको आयात भएको छ ।
नेपालले दुई महिनाको अवधिमा ४४ अर्ब रूपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गर्दा आयातिति भटमासको तेल नै उच्च रूपमा निर्यात भएको देखिन्छ । दुई महिनाको अवधिमा नेपालबाट १६ अर्ब ४८ करोड १५ लाख रूपैयाँको मात्रै भटमासको तेल निर्यात भएको छ । दोस्रोमा भारतले पाम तेलको निर्यातमा प्रतिबन्ध फुकुवा गरेसँगै पाम तेल ७ अर्ब ५० करोड ६१ लाख रूपैयाँ, १ अर्ब ५० करोड ३६ लाख रूपैयाँको कार्पेट, १ अर्ब ४५ करोड ८९ लाख रूपैयाँको सूर्यमुखी तेल, १ अर्ब ३३ करोड ५० लाख रूपैयाँको जुट तथा टेक्स्टायल, १ अर्ब ९ करोड ७ लाखको फेल्ट, ९३ करोड ८२ लाखको धागो, ९१ करोड ६७ लाखको अलैंची निर्यात भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।