logo

बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएसँगै बोनस दर बढाउने तयारीमा बिमा कम्पनी 

    1499   पटक पढिएको

१० असोज / अर्थ र व्यापार – बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएसँगै बिमा कम्पनीले पनि बोनस दर बढाउने तयारी गरेका छन् । पछिल्लो समय तरलता संकुचनसँगै बैंकहरूले ब्याजदर वृद्धि गरेपछि त्यसको सकारात्मक प्रभाव बिमा कम्पनीले बिमितलाई दिने बोनस दरमा पर्ने भएको हो । 
जसका लागि जीवन बिमा कम्पनीहरूले ब्याजदर घटबढसँग बिमा कम्पनीको प्रत्यक्ष सम्बन्ध हुने भन्दै अहिलेको वृद्धिले बोनस दरमा पनि बढाउन मद्दत गर्ने बताएका हुन् । हाल बैंकहरूले मुद्दती निक्षेपमा ब्याजदरको सीमा ८ प्रतिशत पु¥याएका छन् । यसअघि यस्तो ब्याजदर जम्मा ६ प्रतिशतमा सीमित थियो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले बैंकको ब्याजदर जति बढ्छ, त्यसले बिमा कम्पनीलाई सकारात्मक प्रभाव पार्ने बताए । ब्याजदर बढ्दा बिमितलाई दिने प्रतिफल पनि बढ्ने भएकाले पहिला घटेको ब्याजदर अहिले बढेको भन्दै उनले  बिमा कम्पनीका लागि यो राम्रो कुरा भएको बताए ।  
यसैगरी, उनले बैंकको ब्याजदर परिवर्तन भइरहने कुरा हो भन्दै अहिलेको वृद्धि कहिलेसम्म कायम रहन्छ ? त्यो कुराले बिमा कम्पनीको बानेस दरलगायतका कुरामा पनि परिवर्तन आउने बताए ।   यसैगरी, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ सुरेश खत्रीले ब्याजदर बढ्नु बिमा कम्पनीका लागि सकारात्मक कुरा भएको बताए । उनले भने, ‘बैंकको ब्याजदर बढ्नु भनेको बिमितका लागि राम्रो कुरा हो । जीवन बिमा कम्पनीको मुख्य लगानी नै बैंकको मुद्दती निक्षेपमा हुन्छ । ब्याजदर बढ्दा बोनस वृद्धिमा निकै सहयोग पु¥याउँछ ।’ जीवन बिमा कम्पनीहरूको आर्थिक वर्ष २०७७÷७८ को चौथो त्रैमाससम्म बैंकमा तीन खर्ब ५९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ लगानी छ भने निजीवन बिमातर्फ ६३ अर्ब ३९ करोड रुपैयाँ लगानी छ । 
जीवन बिमा कम्पनीहरूले सरकारको बचत तथा ऋण पत्र, ‘क’ वर्गको बैंकको मुद्दती निक्षेप, नेपाल पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्दै आएका छन् । त्यस्तै, घरजग्गामा, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयर, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सुरक्षित डिबेन्चर, कृषि, पर्यटन र जलस्रोतलगायतका पूर्वाधार, म्युचअल फन्ड र नागरिक लगानी कोषमा लगानी गर्दै आएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।