logo

नाराबाजीकैबीच संसोधित बजेट दुवै सदनबाट पारित

राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै कार्यान्वयनमा आउने

    1370   पटक पढिएको

७ असोज / अर्थ र व्यापार –  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकाबीच सरकारले ल्याएको संशोधित बजेट संसद्का दुवै सदनबाट पारित भएको छ । बिहीबार पारित भएको संसोधित नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेछिन् । त्यसपछि कार्यान्वयनमा लगिनेछ ।

अघिल्लो सरकारले अध्यादेश मार्फत गत १५ जेठमा ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा प्रतिस्थापन विधेयक मार्फत फेरि नयाँ संसोधित बजेट ल्याएका थिए । सो विधेयकलाई बिहीबार बसेको राष्ट्रियसभा बैठकले पारित गरेको थियो । त्यसपछि पुनः प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट प्राप्त पत्र प्रस्तुत भई पारित गरिएको हो । 
राष्ट्रियसभाबाट पारित भएर आएको सो विधेयकलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणकालागि पठाउने छन् । त्यसपछि स्वतः कार्यान्वयनमा आउने छ र बजेट होलिडेको संचित कोषको रकम खर्च गर्न नपाउने संवैधानिक बन्देज हट्ने छ । 
नेकपा एमालेको अवरोधकै कारण नेपालको इतिहासमा गत ३१ भदौदेखि सरकारले आफ्नो ढुकुटीमा भएको पैसा समेत (संघीय सञ्चित कोषबाट ) खर्च गर्न नपाउने स्थिति  निम्तिएको थियो । 
अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट गत ३० भदौमा नै निष्क्रिय भएको थियो भने वर्तमान सरकारले बजेट होलिडेको अवस्था आउन नदिने गरी समयमै प्रतिस्थापन विधेयक अघि सार्न सकेको थिएन । जसका कारण हाल संवैधानिक अंग तथा उच्च पदमा आसिन व्यक्ति तथा निकायहरू (संघीय सञ्चित कोषमाथि हुने व्ययभार) बाहेक अन्य खर्च रोकिएको अवस्था छ । तर, सदनको दुवै सदनले यस संसोधित बजेट पारित गरेकाले अब राष्ट्रपतिबाट प्रमाणीकरण हुनासाथ सरकारले बजेट खर्च पाउने छ । 
प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई वटा विधेयक पारित भएको हो । बिहीबारको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको हो । अब सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउन बाटो खुलेको छ । बिहीबारको बैठक सुरु हुनेवित्तिकै विगतका दिनझैं प्रतिपक्षी दल एमाले सांसदहरुले संसदको वेल घेरेर नाराबाजी गरेका थिए । नारावाजीकैबीचमा सभामुख सापकोटाले संसदको कारबाही अघि बढाएका थिए । सो समय सभामुखले अर्थमन्त्री शर्मालाई अर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पेश गर्न अनुमति दिए र निर्णयार्थ पनि पेश गरे । त्यसपछि सभामुख सापकोटाले विधेयक बहुमतले पारित भएको घोषणा गरेका थिए । पेस भएका दुबै विधेयक पारित भएपछि प्रतिनिधिसभाको अर्को बैठक आगामी ११ असोजको दिउँसो २ बजेसम्मकालागि स्थगित गरिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।