logo

क्रिप्टोकरेन्सीको कारोबार गैर कानुनी हो, प्रयोग नगर्नु : राष्ट्र बैंक 

    1415   पटक पढिएको

२५ भाद्र / अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न निर्देशन जारी गरेको छ । पछिल्लो समय नेपालमा पनि बिटक्वाइन सहितका कैयौं क्रिप्टोकरेन्सीको कारोबार भइरहेको पाइएपछि राष्ट्र बैंकले यस्तो कारोबार नगर्न सम्बन्धीत सरोकारवालाहरुलाई निर्देशन जारी गरेको हो ।
राष्ट्र बैंकद्धारा जारि निर्देशनमा राष्ट्र बैंकले भनेको छ, ‘नेपालमा सबै प्रकारका क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र निर्माण (माइनिङ) गैरकानुनी हो । त्यस्ता प्रकारका क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङसम्बन्धी कार्य नगर्नु÷नगराउनुहुन राष्ट्र बैंकले सो निर्देशन जारी गरेको हो ।’
विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को व्यवस्था बमोजिम राष्ट्र बैंकले निर्देशन जारी गर्दै भनेको छ, ‘हालका दिनमा क्रिप्टोकरेन्सीहरूका कारोबार, प्रयोग र माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने–गराउने समेत पाइएको र त्यस्ता कार्यबाट सर्वसाधारण ठगिएको÷ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरेको÷गराइएको पाइए कानुन बमोजिम दन्ड संजाय हुने जानकारी गराइन्छ ।
यसअघि राष्ट्र बैंकले २०७४ सालको ३० साउनमा यस्तै निर्देशन जारी गरेर नेपालमा बिटक्वाइनको कारोबारमा बन्देज लगाएको थियो । हाल अन्तर्राष्ट्रिय बजारमा केही देशहरुबीच खुलमखुला वैद्य रुपले कारोबार भईरहेका मुलुकहरुमा १ बिटक्वाइनको मुल्य ५२ हजार अमेरिकी डलर पुगेको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।