logo

अर्थतन्त्र चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्ण : वरिष्ठ उपाध्यक्ष ढकाल

    1606   पटक पढिएको


२२ भाद्र /  अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका बेला अर्थतन्त्रलाई चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । मंगलबार सम्पन्न नेपाल कुरियर सेवा संघको २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन । 
उनले कुरियर सेवा राज्यका सबै क्षेत्रका लागि आधारभूत आवश्यकताको क्षेत्र भएको बताए । यसको सेवा विस्तार र पूर्वाधार तयारीका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताउँदै ढकालले भने, ‘यसका लागि निजी क्षेत्रको छाता संगठनका हैसियतले नेपाल उद्योग वाणिज्य महासंघले पहल गर्नेछ ।’
यसैगरि, उनले पछिल्लो समय संसारभर दुर्तरुपमा विस्तार भईरहेको सूचनाप्रविधिको विकास र इमेल इन्टरनेटका कारणले कुरियर सेवा छायाँमा परेको जस्तो देखिए पनि यसको महत्वमा कमी नआउने धारणा राखे । व्यापार व्यवसायमा मात्र नभई आम सर्वसाधारण समेतको सेवा दिइरहेको कुरियर सेवा ओझेलमा परेको उल्लेख गर्दै उनले संसारका विकसित मुलुकमा यसको महत्वमा कहिल्यै कम नआएको र नेपालले पनि संरक्षण र सम्वद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याए ।
ढकालले कुरियर सेवा संघमा सर्वसम्मत नेतृत्व चयन भएकामा खुसी व्यक्त गर्दै यसका लागि संघ नेतृत्वको पहल सराहनीय रहेको बताए । उनले आफूले सुरुवाती दिनमा कार्गो र कुरियर क्षेत्रबाटै व्यवसाय सुरु गरेको स्मरण गर्दै यस क्षेत्रले भोग्नुपरेका समस्या आफूले महशुस गर्नसक्ने धारणा राखे ।
आफूले व्यवसाय सुरु गर्दाका अनुभव सुनाउँदै उनले सुरुवाती दिनमा व्यवसायमा समस्या रहेपनि निरन्तर लागिरहे एक दिन अवश्य सफल हुनसकिने बताए । कुरियर व्यवसायमा पहिले अस्वस्थ प्रतिस्पर्धासमेत हुने गरेको स्मरण गराउँदै उनले व्यवसायीलाई सेवामा कुनै सम्झौता नगर्न आग्रह गरे । संघको २७ औं वार्षिक साधारणसभाले देवेन्द्र खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।