logo

लगानी बोर्डको पाँचवर्षे रणनीतिक योजना भोली सार्वजनिक हुँदै

    1437   पटक पढिएको


२२ भाद्र / अर्थ र व्यापार– कोरोना महामारिको प्रभाव, बाढि पहिरो लगायत विविध समस्याबाट पार पाउँदै अघि बढ्ने लक्ष्यकासाथ लगानी बोर्डले तयार गरेको पाँच वर्षे व्यावसायिक योजना सहितको रणनीतिक योजना (२०७८–८२) भोली (बुधबार) सार्वजनिक गरिने भएको छ ।
दस वर्ष अघि २०६८ सालमा स्थापना भएको लगानी बोर्डले ’लगानी बोर्डको १० वर्षः आर्थिक समृद्धिका लागि साझेदारी’ को मुल नाराका साथ बुधबार आफ्नो दशौं वार्षिक उत्सव मनाउँदैछ । सोही कार्यक्रमकाबीच बोर्डले आफ्नो आगामी पाँचवर्षे व्यवसायीक लक्ष्य सहितको रणनीतिक योजना सार्वजनिक गर्न लागेको हो । 
जसकालागि प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट सो रणनीतिक योजनासँगै ‘नेपाल इन्भेष्टमेन्ट गाइड–२०२१ र कफी टेवल बुक’ समेत सार्वजनिक गर्ने कार्यक्रम तय भएको बोर्डले जनाएको छ । दशौं वार्षिकोत्सव उद्घाटन सत्रमा विशेष अतिथिद्धय अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भूसाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, विश्व बैंकका क्षेत्रीय प्रमुख गुवाङझे चेन, नेपालका लागि बेलायती राजदुत निकोला पोल्लिट लगायतले आ– आफ्ना धारणा राख्ने छन । 
लगानी बोर्डबाट सहजीकरण भइरहेका परियोजनाहरुका विकासकर्ता, लगानीकर्ता, विकास साझेदार तथा लगानी बोर्डसँग आवद्ध विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिने बोर्डले जनाएको छ ।  उद्घाटन समारोहपछि दिगो पूर्वाधार विकास तथा सार्वजनिक–निजी साझेदारी लगानीका सम्भावनामा केन्द्रित भई दुईवटा छलफल सत्रहरु समेत संचालन हुने बोर्डले जनाएको छ । 
विगत दुई वर्षदेखि सुरुभएको कोभिड–१९ को महामारी पछिको आर्थिक अवस्था तथा जलवायु परिवर्तनको विश्व परिदृश्यमा सरकारले दिगो पूर्वाधार विकासमा जोड दिइरहेको सन्दर्भमा ‘नेपालमा दिगो पूर्वाधारको विकास’ विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेलको अध्यक्षतामा पहिलो सत्र संचालन हुने बोर्डले जनाएको छ । 
यसैगरि, सोही छलफलबाट नेपालमा हरित र दिगो पूर्वाधारको विकासका सम्भावना, वर्तमान कानूनी व्यवस्थाहरु, लगानीका अवसरहरु तथा चुनौति एवं सार्वजनिक–निजी साझेदारी लगायत परियोजना विकासका संयन्त्रहरु र आपसी सहकार्यका सम्भावनाहरु पहिचान गर्ने अवसर प्राप्त हुने पनि बोर्डले जानकारि गराएको छ । 
सो अवसरमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा ’नेपालको आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारीको विकास र व्यबस्थापन’ दोस्रो सत्र संचालन हुने छ । दोस्रो सत्रले नेपालमा सार्वजनिक–निजी साझेदारीमा लगानी परिचालनका विविध पक्षहरु, लगानी योग्य तथा विश्वासनीय परियोजनाको विकास तथा व्यवस्थापन, नेपालमा सार्वजनिक–निजी साझेदारी परियोजनाका सम्भावना र चुनौतिहरु तथा परियोजनाहरुको विकासका लागि सम्बन्धीत सरोकारवालाहरुसँग सहकार्यको सम्भावनाहरुबारे छलफल गर्ने अवसर प्रदान गर्ने बोर्डले जनाएको छ । 
लगानी बोर्ड स्थापना भएदेखि हालसम्म सरकारले यस बोर्ड मार्फत मुलुकमा बाह्य लगानी भित्राउने प्रयासमा धेरै पटक अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दै आएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले विभिन्न पटक आयोजना गरिएको लगानी सम्मेलनबाट अहिलेसम्म स्वदेशी तथा विदेशी लगानी भित्रिने र नयाँ नयाँ परियोजनाको पूर्वाधार निर्माण तथा सञ्चालन कार्यले तिब्रता पाएको दावी गरेका छन । उनले बुधबार सार्वजनिक गर्न लगानी बोर्डले तयार गरेको पाँच वर्षे व्यावसायिक योजना सहितको रणनीतिक योजना (२०७८–८२) पनि मुलुकको पूर्वाधार निर्माण तथा वाह्य लगानी भित्राउनकालागि निकै उपयोगि र फलदायी हुने बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।