logo

नेपाल महिला चेम्बरमा महिला उद्यमीहरुले यसरी सुनाए सफलताका कथा

    1064   पटक पढिएको


२१ भाद्र/ अर्थ र व्यापार – नेपाल महिला चेम्बरले आयोजना गरेको एक कार्यक्रममा महिला उद्यमीहरुले आ–आफ्ना सफलताको कथा सुनाएका छन । कृषिमा लागेका महिला उद्यमीहरुको प्रवद्र्धन गर्ने उदेश्यका साथ नेपाल महिला चेम्बरले ‘सफलताको कथा तथा अन्तरक्रिया कार्यक्रम’ आयोजना गरेको थियो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भर्चुअल माध्यमबाट आयोजित सो कार्यक्रममा कृषि पेशामा संलग्न महिला उद्यमीहरुको आ–आफ्ना सफलताको कथा सुनाएका हुन । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अहिले जसरी भए पनि काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मुलुकमा उत्पादन विक्री गरी देशलाई आत्मनिर्भर बनाउन उत्पादनशिल कृषि क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।  
चेम्बरका अध्यक्ष मल्लले हाल विचौलियाका कारण उद्यमीहरुलाई मुल्य र बजारीकरणमा  समस्या उत्पन्न हुँदै गएकाले अब सामुहिक रुपमा मिलेर जाँदा सबैलाई निर्यात एवं बजारिकरण गर्न सहज हुने बताए । जिल्लास्तरमा सानो स्केलमा सहकारी मार्फत र केन्द्रिय स्तरमा लिमिटेड कम्पनी मार्फत कृषि क्षेत्रमा काम गर्न पनि उनले कार्यक्रममा सहभागीलाई सुझाव दिदै चेम्बरले व्यापार प्रवद्र्धनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 
यसैगरि, उनले कृषि पर्यटन  र प्रविधिलाई जोडेर अघि बढनुपर्ने आवश्यकता औंल्याउदै भन्सार छुटमा ढुवानी साधनहरु खरिद गर्ने व्यवस्था सरकारले मिलाउनुपर्ने आवश्यकता रहेको धारणा राखे ।  त्यसैगरि, उनले महिला चेम्बरले पछिल्लो समय देखाएको सक्रियताको प्रशंसा गर्दै नेपाल चेम्बरको तर्फबाट महिला चेम्बर नेतृत्वको मुक्तकण्ठले प्रशंसा समेत गरे । 
नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत रहेकी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले यस कार्यक्रममा महिला उद्यमीहरुले प्रस्तुत गरेको आ–आफ्ना सफलताको कथा एवं अनुभव साटासाटले राम्रा र नराम्रा दुवै पक्षलाई केलाउदै अघि बढदा एक अर्कामाथि परेको समस्या समाधान गर्दै आगामी दिनमा व्यवसाय सञ्चालन गर्न थप सहज हुने अपेक्षा गरिएको बताईन । 

नेपाल महिला चेम्बरकी अध्यक्ष श्रेष्ठले महिला उद्यमीहरुलाई सहजीकरण गर्ने उदेश्यका साथ नेपाल महिला चेम्बरले ब्राण्डिङ्, प्याकेजिङ, मार्केटिङ, वित्त व्यवस्थापन लगायतका प्रभावकारी कार्यक्रम गरिसकेको उल्लेख गर्दै स्टोरी टेलिङ र अन्तक्रिया कार्यक्रमले थप रुपमा महिला दिदी बहिनीहरुलाई प्रोत्साहन र बजार पवद्र्धन समेतमा मद्दत पुग्ने दाबी पेश गरिन् ।  यसैगरि, उनले व्यापार, रुची र विज्ञताले पनि सफलता हासिल गर्न अहम भूमिका खेल्ने बताउदै महिला उद्यमीहरुलाई गोलबद्ध गराई प्रभावकारी कार्यक्रमको माध्यमबाट अन्य कार्यक्रममा समेत् जोडदै जाने प्रतिवद्धता व्यक्त गरिन् । 
कृषि विज्ञ डा. दीपक शर्माले आफुले १० बर्ष देखी जडीबुटिको बिषयमा अध्ययन गरेको बताउदै नेपालले भारत र चीन मात्र नभई तेस्रो मुलुकमा समेत निर्यात गर्ने लक्ष्यका साथ  गुणस्तरिय उत्पादन माथि केन्द्रित हुनुपर्ने बताए । जडीबुटिजन्य सामाग्री उत्पादक एवम् निर्यातकर्ता प्रेम तिवारीले सरकारबाट आवश्यक सहयोग नपाउँदा जडीबुटिजन्य सामाग्रीको बजारीकरणमा समस्या हुँदै आएको उल्लेख गर्दै आफुले टिमुर र अलैचीको बिक्री गर्दै आएको र उक्त वस्तुहरु लोकल मार्केटमा भन्दा अन्तरास्ट्रिय बजारमा बढी बिक्री गर्ने गरेको जानकारी दिए । यसैगरि, उनले ल्याब नभएका कारण नेपाली उत्पादनलाई विदेशी बजारमा लैजान अप्ठयारो हुने गरेको र  हाल विश्व बजारमा  बेसारको राम्रो माग रहेको पनि जनाए ।
सो कार्यक्रममा सफल चार महिला उद्यमीहरुले आ–आफ्नो सफलताको कथा बारे अनुभव राखेका थिए ।  सोही अवसरमा आफ्नो अनुभव राख्दै अदुवा लगायतका कृषिजन्य उत्पादनको बजारीकरण गर्दै आएकी महिला उद्यमी सुलोचना श्रेष्ठले आफुले कर्णाली लगायतका देशका विभिन्न ग्रामीण भेगका कृषक वर्गबाट उत्पादित अर्गानिक उत्पादनको बजारिकरण गर्दै आएको जानकारी दिदै सो उत्पादनहरुलाई अन्तर्रास्ट्रिय बजारमा पु¥याउन मापदण्डहरु पुरा गर्नुपर्ने भएकाले गुणस्तर माथि बढि ध्यान दिईने गरेको बताईन् ।  
यसैगरि, उनले आफुहरुले अर्गानिक उत्पादनका लागि पर्यावरणीय सन्तुलनमा समेत बिशेष महत्व दिदै आएको धारणा राखिन । उनले किसानलाई विचौलियाहरुबाट ठगीनबाट जोगाउन सचेतनामुलक गतिविधीहरुको गर्दै आएको र यसका लागि प्रभावकारी कार्यक्रम समेतको खाँचो महशुश गरि निकट भविस्यमा किसानको हितमा हुने गरि कार्यक्रम प्रस्तुत गर्ने लक्ष्य बोकेर अघि बढेको बताईन् । 
मौरी पालक महिला उद्यमी सरिता भट्टराईले आफु दश बर्ष देखी मौरी पालनमा लाग्न थालनी गरेको जानकारी दिदै लगन र अठोटका साथ कर्ममा तल्लिन भएकाले चुनौतीहरुको सहज रुपमा सामना गर्न सकेको बताईन् । उनले शिपका कारण  आफु अगाडि भएको महशुश गरेको र शुद्ध महको माग विश्व बजारमा अधिक रहेको उल्लेख गरिन्  ।  
यसैगरि, चिया उत्पादक महिला उद्यमी रुची शिवाकोटीले आफुहरुले उत्पादन गर्ने चियाको ३० प्रतिशत स्वदेशी बजार र ७० प्रतिशत भारतिय बजारमा खपत हुँदै आएको जानकारी दिंदै चियापत्तीहरु संकलन गर्दा ग्रेडका आधारमा बगानलाई शुल्क तिर्ने गरेको बताईन्। उनले चियाको रङ् र लिक्करका आधारमा चियाको गुणस्तर मापन हुने र सोही अनुरुप मुल्य निर्धारण हुने बताईन्।  उनले चिया बिक्री गर्दा स्याम्पलिङ गरी क्रेताहरुलाई पठाउने गरेको पनि जानकारि गराइन् ।  
नेपाल चेम्बर अफ कमर्शकी कार्यकारीणी सदस्य तथा नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले महिला चेम्बरले महिला उद्यमीहरुलाई एकत्रित गरि सामुहिक लगानीमा व्यवसाय संचालन गर्न चेम्बर नेतृत्वको सुझावलाई ग्रहण गर्दै अघि बढन गृह कार्यमा जुटने प्रतिबद्धता व्यक्त गरिन् ।  
कार्यक्रम माझ देशैभरबाट सहभागी महिला उद्यमीहरुले अन्तर्कृया सत्र माझ आ आफ्नो अनुभव र समस्याहरु राखेका थिए भने वक्ताहरुले फ्लोरमा उठेका सवालको जवाफ दिएका थिए । कार्यक्रममा नेपाल महिला चेम्बर अफ कमर्शकी कार्यसमिती सदस्य जानकी प्रधान श्रेष्ठले कार्यक्रममा उपस्थितीका लागि सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । सो कार्यक्रममा बिशेष गरि बेसार,मौरि पालन तथा मह उत्पादन, कफि र चियाको व्यवसायिक खेति गरेर नेपालको उत्पादनमुखि अर्थतन्त्रमा जोडिएका विभिन्न जिल्लाका सफल महिला उद्यमीहरु कार्यशाला तथा अन्तरक्रिया कार्यक्रममा जोडिएका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।