१९ साउन/अर्थ र व्यापार– विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई अबदेखि अग्रिम करकट्टी शुल्क ५ प्रतिशत र मुद्रा सटही शुल्क २ प्रतिशत लाग्ने भएको छ ।
आर्थिक अध्यादेशले अघिल्ला आर्थिक वर्षहरुमा शिक्षा सेवा शुल्क, परीक्षा शुल्क र रजिष्ट्रेसन शुल्क आदि बापतको रकम बुझाउँदा १५ प्रतिशत लाग्दै आएको अग्रिम करकट्टी शुल्कलाई ५ प्रतिशतमा झारेको हो । यसले विद्यार्थीलाई अब १० प्रतिशत कर छुट हुनेछ ।
आर्थिक अध्यादेश लागू भएपछि कर दर लागू गर्ने विषयमा अन्योल देखिएपछि आन्तरिक राजस्व विभागले यस सम्बन्धमा स्पष्ट पारेको हो ।
विभागले राष्ट्र बैंकलाई पत्र काट्दै राष्ट्र बैंकमार्फत सबै बैंकहरुलाई अनावश्यक शुल्क नलिन आग्रह गरेको छ ।
नेपालमा सञ्चालित विदेशी विद्यालय तथा विश्वविद्यालयले हकमा लगानी वापतको प्रतिफल भुक्तानीमा १५ प्रतिशत अग्रिम आयकर तिर्नु पर्नेछ ।
तपाईको प्रतिक्रिया