logo

३० करोड लागतमा ‘हेरिटेज टी’ उद्योग सञ्चालनमा 

    1483   पटक पढिएको

७ साउन/अर्थ र व्यापार– विश्व बजारमा गुणस्तरीय चिया निर्यात गर्ने लक्ष्यसहित हेरिटेज ग्रुपले ३० करोड रुपैयाँको लागतमा ‘हेरिटेज टी’ उद्योग सञ्चालनमा ल्याएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका स्वास्थ्य तथा शीप विकास समितिका सभापति एवं हेरिटेज ग्रुपका कार्यकारी अध्यक्ष हेमराज ढकालले चिया उद्योग सञ्चालनमा ल्याएका हो ।

कार्पेट, क्वेयर म्यार्टेस, इपीई फर्म, स्प्रिङ म्यार्टेस, ननओभन कार्पेट उत्पादन गर्दै आएको हेरिटेज ग्रुपले झापामा १५० विगाहा क्षेत्रफलमा ३० करोड रुपैयाँको लागतमा बुधबारदेखि ‘हेरिटेज टी’ उद्योग सञ्चालनमा ल्याएको छ । 

हेरिटेज ग्रुपका कार्यकारी अध्यक्ष हेमराज ढकालले विश्व बजारमा गुणस्तरीय चिया निर्यात गर्ने लक्ष्यअनुरुप उद्योग सञ्चालनमा ल्याएको भन्दै उद्योगबाट उत्पादित चिया तत्कालका लागि भारत, रसिया र खाडी मुलुकहरुमा निर्यात गर्ने तयारी रहेको बताए । 

ढकालले उद्योगबाट तत्कालका लागि सीटीसी चिया मात्रै उत्पादन हुने र केही समयभित्रै अर्थोडक्स टी समेत उत्पादन गरी निर्यात गर्ने जानकारी दिए । 

अध्यक्ष ढकालले उद्योगका लागि आवश्यक कच्चा पदार्थ जुटाउन थप १ सय ५० विगाहमा रहेको अन्य चिया बगानसँग पनि सहकार्य र साझेदारी गरेको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।