३ साउन / अर्थ र व्यापार – लमजुङमा आर्थिक वर्ष ०७३–७४ मा आएको बजेटमध्ये १६ प्रतिशत खर्च हुन सकेन । जिल्लामा आएको कुल बजेटमध्ये ८० करोड १ लाख रुपैयाँ खर्च हुन नसकेको हो ।
आर्थिक वर्ष ०७३–७४ का लागि जिल्लामा ५ अर्ब ९ करोड ८३ लाख रुपैयाँ अख्तियारी प्राप्त भएको थियो । त्यसमध्ये ४ अर्ब २९ करोड ८२ लाख ४३ हजार रुपैयाँ मात्रै खर्च भएको छ । असार महिनामा मात्रै १ अर्ब ६ करोड ६८ लाख रुपैयाँ अर्थात् कुल बजेटको २४ दशमलव ८२ प्रतिशत रकम खर्च भएकोे छ ।
चालू बजेट ८७ प्रतिशत र पुँजीगत बजेट ७५ प्रतिशत खर्च भएको छ । जिल्लामा पुँजीगत बजेट मात्रै २५ प्रतिशत अर्थात् २७ करोड ६९ लाख खर्च हुन सकेन । यस्तै, चालूतर्फ ५२ करोड ३२ लाख रुपैयाँ बजेट खर्च हुन नसकेको हो ।
तपाईको प्रतिक्रिया