logo

बुटवल उप–महानगरपालिकालाई एक अर्ब ६३ करोडको बजेट  

    1630   पटक पढिएको

१३ भदौ / अर्थ र व्यापार – बुटवल उप–महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि एक अर्ब ६३ करोडको बजेट तय गरेको छ । नगरसभाले चालु आर्थिक वर्षका लागि एक अर्ब ६३ करोड ३५ लाख ७८ हजार ८ सय ५ रुपैयाँको बजेट पारित गरेको हो । 

बुटवलमा जारी नगरसभा बैठकमा नगर प्रमुख शिवराज सुवेदीले बजेट प्रस्तुत गरेका थिए । बजेटमा आन्तरिक स्रोत तर्फबाट २३ करोड ७२ लाख ६३ हजार ९ सय ६५ अर्थात् १४ दशमलव ५२ प्रतिशत र बाह्य स्रोतबाट एक अर्ब ३९ करोड ६३ लाख १४ हजार ८ सय ४० रुपैंयाँ अर्थात् ८५ दशमलव ४८ प्रतिशत प्राप्त हुने उल्लेख छ । 

बजेटमा चालु खर्चतर्फ २९ करोड ६१ लाख ५६ हजार रुपैंया छुट्याइएको छ । यो कुल बजेटको १८ दशमलव १३ प्रतिशत हो । यस्तै पूर्वाधर तथा सामाजिक विकासका लागि कुल एक अर्ब ३३ करोड ७४ लाख २२ हजार ८ सय ५ रुपैंया विनियोजन गरिएको छ । यो कुल बजेटको ८१ दशमलव ८७ प्रतिशत हो ।

चालु खर्च तर्फको बजेट मध्येबाट कर्मचारी तलब भत्ता तथा कार्यालय संचालनका लागि १५ करोड ६६ लाख ५६ हजार रुपैंयाँ विनियोजन गरिएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्तामा १३ करोड ३५ लाख छुट्याइएको छ भने क्षमता विकास कार्यक्रमका लागि ६० लाख विनियोजन गरिएको छ ।

बजेटमा पूर्वाधार विकास तथा सामाजिक विकास कार्यक्रमका लागि विनियोजन गरिएको कुल बजेट मध्ये क्रमागत केन्द्रीय तथा नगर स्तरीय योजना कार्यक्रमका लागि एक अर्ब २५ करोड ७२ लाख ९७ हजार ८ सय ५ रुपैंयाँ विनियोजन गरिएको छ । त्यस्तै सामाजिक विकास तथा अन्य लक्षित विकास कार्यक्रमहरुका लागि कुल ८ करोड १२ लाख ५ हजार रुपैंयाँ विनियोजन गरिएको छ ।

सामाजिक विकास कार्यक्रम अन्तर्गत् महिला विकास कार्यक्रमका लागि एक करोड ५ लाख रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी युवा तथा बालबालिका विकास कार्यक्रमका लागि सामाजिक विकास तर्फकै बजेटबाट कुल ४ करोड ४६ लाख बिनियोजन गरिएको छ । यस्तै अन्य लक्षित विकास कार्यक्रमका लागि २ करोड ५० लाख २५ हजार विनियोजन गरिएको छ ।

साउन ३२ बाट सुरु भएको नगरसभा बैठक अर्थ विधेयक र विनियोजन विधेयक पारित गरेसँगै सकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।