logo

८ महिनामा ७ लाख २० हजार ३ सय ३४ जना पर्यटक भित्रिए

    440   पटक पढिएको


१७ भदौ/अर्थ र व्यापार – पछिल्लो ८ महिनामा ७ लाख २० हजार ३ सय ३४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यक्षगमन कार्यालयको तथ्यांकलाई आधार मानेर नेपाल पर्यटन बोर्डले यस्तो जानकारी गराएको छ ।
बोर्डका अनुसार अगष्टमा मात्र ७२ हजार ७ सय १९ हजार जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यससँगै सन् २०२४ को ८ महिनामा सो संख्यामा पर्यटक आएको तथ्यांकले देखाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले यसवर्ष मार्च महिनामा सबैभन्दा धेरै १ लाख २८ हजार १ सय ६७ जना पर्यटक नेपाल भित्रिएको जानकारी दिए । बोर्डका अनुसार जुलाईमा सबैभन्दा कम ६४ हजार ५ सय ९९ पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्यांकमा उल्लेख छ ।
अगष्ट महिनामा भएको आगमन सन् २०१९ को भन्दा कम हो । त्यस समय यो महिनामा ९४ हजार ७४९ जना पर्यटक नेपाल आएका थिए । नेपालले मनसुनमा लामो समयदेखि पर्यटक भित्राउन सकेको छैन । खासगरी पूर्वाधार क्षेत्र राम्रो नहुँदा सडक र हवाई यातायात असुरक्षित बनेको छ । यसको नकारात्मक असर पर्यटन क्षेत्रमा समेत देखिएको छ । अगष्टको आगमन सन् २०२३ को तुलनामा भने ८ दशमलब २९ प्रतिशतले बढेको छ ।
२०२३ अगष्टमा ६७ हजार १ सय ५३ जना पर्यटक भित्रिएका थिए । कोरोना महामारीले असर गरेको वर्ष सन् २०२० देखि भने पर्यटक आगमन खस्किएको थियो ।
यो महिनामा भारतबाट मात्र २५ हजार ८ सय ३२ जना पर्यटक नेपाल भित्रिएका छन् । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३ दशमलब १ प्रतिशत न्युन हो । अघिल्लो वर्ष २६ हजार ६ सय ६५ जना भारतीय पर्यटक नेपाल भित्रिएका थिए । नेपालले स्थलमार्गबाट आउने भारतीयलाई पर्यटक मान्ने गरेको छैन ।
यस वर्ष ठूला सडक र हवाई दुर्घटनाले नेपालको पर्यटकीय छवि बिग्रिएको छ । यसको प्रभाव पर्यटक आगमनमा समेत देखिएको छ । अगष्ट महिनामा श्रीलंकन पर्यटकको आगमन भने उल्लेख्य बढेको छ । यो महिनामा श्रीलंकाबाट ४ हजार ८सय ५१ जना पर्यटक भित्रिएका छन् ।
अघिल्लो वर्ष यस मुलुकबाट ३ हजार ८५८ जना पर्यटक आएको तथ्यांक छ । यो महिनामा कुल आगमनको दोस्रो स्थानमा चीन रहेको छ । चीनबाट ६ हजार ६ सय १४ जना पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको अगष्टमा ५ हजार २७ जना चिनियाँ पर्यटक भित्रिएका थिए ।
तेस्रो स्थानमा अमेरिका रहेको छ । यस मुलुकबाट ५ हजार ६ सय १४ जना पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्षको यो महिनामा ४ हजार ६सय २९ जना पर्यटक नेपाल भित्रिएको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।