logo

खोपको मात्रा पूरा गर्ने विदेशी पर्यटकलाई अनअराइभल भिसा यथावत

    1315   पटक पढिएको

७ माघ/अर्थ र व्यापार– सरकारले कोरोना खोपको मात्रा पुरा गरेका विदेशी पर्यटकले पाउने अनअराइभल भिसा सुविधालाई निरन्तरता दिएको छ । अध्यागमन विभागले नेपालमा आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुका लागि पछिल्लो पटक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
विभागका अनुसार अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका कोभिड १९ विरुद्धको खोपको मात्रा पुरा गरेका नागकिले अनअराइभल भिसा सुविधा निरन्तर पाउने भएका छन् ।
विदेशी पर्यटकले कोभिड १९ को खोपको मात्रा पुरा गरेको प्रमाण, हवाई उडानका लागि चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड परीक्षण गरेका र नेगेटिभ रिर्पोट, नेपालमा होटल बुकिङ गरेको प्रमाण र पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य निकाय भएका त्यसको अनुमतिको प्रतिलिपि समेत पेश गरेमा नेपाल प्रवेश विन्दुमै भिसा पाउने भएका छन् ।
यसक्रममा सीसीएमसीसीको अनलाइन अराभइल फारम भने भर्नुपर्छ । अनअराइभल भिसा नलिई सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट समेत भिसा पाउन सकिन्छ । खोप नलगाएका तथा नेपाल आउनुपर्ने विदेशीहरुले समेत नेपाली नियोगबाटै भिसा लिनुपर्ने हुन्छ । उनीहरुले अनअराइभल भिसा पाउँदैनन् ।
खोप नलगाए ५ दिन होटेल क्वारेन्टिन
खोप नलगाएका विदेशी नागरिकको नेपालस्थित अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गरिने छ । यस्तो परीक्षणबाट पोजेटिभ देखिएमा आइसोलेसन वा अस्पतालमा बस्नु पर्नेछ । नेगेटिभ आएमा भने पाँच दिन होटल क्वारेन्टिनमा बस्नुपर्छ ।
अध्यागमनमा एन्टिजेन सम्भव नभएमा होटल प्रवेश गर्नु अगाडि परीक्षण गर्नुपर्छ । ५ दिन होटल क्वारेन्टिनमा बसेका विदेशी छैटौं दिनमा कोभिड १९ परीक्षण गरी आफ्नो उद्देश्य अनुसार भ्रमणमा जान सक्नेछन् ।
खोपको मात्रा पुरा गरेका पर्यटकले समेत होटलमा चेकइन गरेको २४ घण्टाभित्र एन्टिजेन परीक्षण गर्ने र नेगेटिभ रिजल्ट आएपछि भ्रमणमा जान सक्नेछन् । होटल बाहिर रहेका पर्यटकले प्रत्येक ७२ घण्टामा एन्टिजेट परीक्षण गर्नुपर्ने भएको छ ।
कोभिड १९ को परीक्षण र आइसोलेसनमा लाग्ने खर्च र बीमा लगायतका अन्य खर्च विदेशी नागरिक स्वयमले बेहोर्नुपर्छ । विदेशी नागरिक नेपालमा रहँदा भने नेपाल सरकारले तोकेका मापदण्डहरु पालना गर्नुपर्नेछ ।
खोपको मात्रा पुरा गरेको १४ दिन पुरा भएका नेपाली र गैरआवासीय नेपालीले ७२ घण्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ प्रमाणपत्र बोकेर आएमा सहर्ज घरमा जान दिइन्छ । तर, उनीहरुमा समेत लक्षण देखिएको अवस्थामा भने अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्छ ।
उनीहरुले ५ दिन होम वा होटेल क्वारेन्टिनमा बस्ने गरी मात्र प्रवेश अनुमति पाउने छन् । खोपको मात्रा पुरा नगरेका नेपाली र गैरआवासीय नेपालीको हकमा भने एन्टिजेट परीक्षण गरि नेगेटिभ आएमा मात्र गन्तब्यमा जान दिइने भएको छ । पोजेटिभ आएमा आइसोलेसनमा जानु पर्नेछ । विदेशी कुटनीतिक नियोगको हकमा समेत यस्तै प्रावधान लागू हुने छ ।
विभागका अनुसार नेपाल सरकारको निमन्त्रणमा काठमाडौं आउने सबै विदेशी पाहुनाको प्रवेश बिन्दुमा कोभिड १९ परीक्षण गरि नेगेटिभ आएमा मात्र कार्यक्रममा सहभागी हुन अनुमति दिइने भएको छ । ५ वर्ष भन्दा मुनीका बालबालिकाको हकमा खोप र परीक्षण अनिवार्य छैन ।
५ देखि १८ वर्षसम्मका बालबालिकाका लागि परीक्षण अनिवार्य भएपनि खोप अनिवार्य लागु हुने छैन । स्थलमार्गबाट प्रवेश गर्ने भारतीय नागरिकको हकमा समेत खोप कार्य, कोरोना परीक्षण अनिवार्य गरिएको छ । स्थलमार्गबाट प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकले समेत तोकिएको कागजात पुरा गरेको अवस्थामा नेपाल प्रवेश विन्दुमै भिसा पाउने छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।