logo

खराव मौसमले विमान अवतरण नभई लामो समय आकासमा होल्ड गर्दा जहाजका यात्रु बेहोस

    1083   पटक पढिएको

६ माघ /अर्थ र व्यापार– खराव मौसमले समयमै विमान अवतरण नभई आकासमा होल्ड गर्दा एक महिला यात्रु विमानभित्रै बेहोस भएकी छिन । बिहीबार बिहान काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको विमानमा एक महिला यात्रु बेहोस भएकी हुन् । बुद्ध एयरका अनुसार काठमाडौंबाट बिहान ७ः४४ मा उडेको उडान नं ४५१ को सो विमान निर्धारित समय अनुसार ८ः४४ मा अवतरण हुनुपर्ने थियो ।
तर, नेपालगञ्ज विमानस्थलको मौसम प्रतिकुल नभएपछि केही समय सो विमानलाई आकासमै होल्डमा गराईएको थियो । विस्तारै बिग्रिएको मौसममा सुधार आएपछि सो विमान झन्डै आधा घण्टा ३ मिनेटपछि बल्ल बिहानको ९ः१८ मा अवतरण गराईएको थियो । 
सोही क्रममा एक महिला यात्रु विमानभित्रै बेहोस भेटिएकी थिईन । त्यसपछि उनलाई तत्काल बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाली सेनाको अस्पतालमा लगिएको थियो ।
सो अस्पतालमा सामान्य उपचारपछि अहिले विमानभित्रै बेहोस भएकी महिला यात्रु निको भएर आफ्नो घर फर्किसकेको बुद्ध एयरका  एक अधिकारीले जानकारी दिए । ‘विमान धेरै समय आकासमा होल्ड भएपछि आत्तिएर बेहोस भएको जस्तो देखिन्छ,’ उनले भने । सो विमानमा चालक दलका सदस्य बाहेक ६९ जना यात्रु सवार थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।