logo

खराव मौसमले विमान अवतरण नभई लामो समय आकासमा होल्ड गर्दा जहाजका यात्रु बेहोस

    1383   पटक पढिएको

६ माघ /अर्थ र व्यापार– खराव मौसमले समयमै विमान अवतरण नभई आकासमा होल्ड गर्दा एक महिला यात्रु विमानभित्रै बेहोस भएकी छिन । बिहीबार बिहान काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको विमानमा एक महिला यात्रु बेहोस भएकी हुन् । बुद्ध एयरका अनुसार काठमाडौंबाट बिहान ७ः४४ मा उडेको उडान नं ४५१ को सो विमान निर्धारित समय अनुसार ८ः४४ मा अवतरण हुनुपर्ने थियो ।
तर, नेपालगञ्ज विमानस्थलको मौसम प्रतिकुल नभएपछि केही समय सो विमानलाई आकासमै होल्डमा गराईएको थियो । विस्तारै बिग्रिएको मौसममा सुधार आएपछि सो विमान झन्डै आधा घण्टा ३ मिनेटपछि बल्ल बिहानको ९ः१८ मा अवतरण गराईएको थियो । 
सोही क्रममा एक महिला यात्रु विमानभित्रै बेहोस भेटिएकी थिईन । त्यसपछि उनलाई तत्काल बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाली सेनाको अस्पतालमा लगिएको थियो ।
सो अस्पतालमा सामान्य उपचारपछि अहिले विमानभित्रै बेहोस भएकी महिला यात्रु निको भएर आफ्नो घर फर्किसकेको बुद्ध एयरका  एक अधिकारीले जानकारी दिए । ‘विमान धेरै समय आकासमा होल्ड भएपछि आत्तिएर बेहोस भएको जस्तो देखिन्छ,’ उनले भने । सो विमानमा चालक दलका सदस्य बाहेक ६९ जना यात्रु सवार थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।