५ माघ /अर्थ र व्यापार – निजी वायुसेवा कम्पनी यती एयरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यवसायिक सहकार्य भएको छ । बुधबार सम्पन्न भएको सो सम्झौतासँगै यती एयरलाइन्स मञ्चको आधिकारिक एयरलाइन्स बनेको छ ।
यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमाल र मञ्चका अध्यक्ष उदिप श्रेष्ठले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । मञ्चमा आवद्ध सदस्य उद्यमीहरूले यती एयरलाइन्सको विमानमार्फत् आवत–जावत गर्दा सहुलियत पाउनेछन् ।
युवा उद्यमीका विभिन्न प्रदेशमा हुने तालिम, सभा, सम्मेलन, गोष्ठी तथा कार्यक्रमहरूमा यात्रा गर्दा यती मोबाइल एप अथवा सदस्य कार्डमार्फत एयरलाइन्सको गन्तव्यहरूमा सहुलियत प्राप्त गर्न सक्ने, यती स्काई–क्लब कार्यक्रममा सहकार्य गर्ने लगायत विषयमा सम्झौता भएको सो एयरलाइन्सले जनाएको छ ।
तपाईको प्रतिक्रिया