६ पुस/ अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमलाई निजीकरण नगर्ने र सरकारी स्वामित्वमै सञ्चालन गरिने बताएका छन ।
निगमको पाँचवर्षे कार्ययोजना सार्वजनिक कार्यक्रममा मन्त्री आलेले यस्तो बताएका हुन । उनले हाल निगमको संरचना परिवर्तन गरि निजीकरणमा लैजाने सरकारी तयारीको बारेमा बाहिर आएका विविध सुझाव एवं टिकाटिप्पणीकाबारेमा स्पष्ट्र पार्दै यस्तो जनाकारी गराएका हुन ।
यसअघि निगमलाई निजीकरणमा लैजाने भन्ने बिरोधमा निगमभित्रका कर्मचारीहरुले १०४ दिनसम्म आन्दोलन गरेको र अहिले ति कर्मचारीहरुको चाँहना अनुसार नै सरकारले यस्तो निर्णय गरेको मन्त्री आलेले जनकारी दिए । उनले अब सरकारले निगमलाई निजीकरण नगर्ने र सरकार आफैँले संचालन गर्ने निर्णय गरेको बताए ।
तपाईको प्रतिक्रिया