logo

वायुसेवा सञ्चालक संघको अध्यक्षमा पुनः थापा 

    1342   पटक पढिएको

४ पुस / अर्थ र व्यापार – निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपालको अध्यक्षमा पुनः सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन रामेश्वर थापा निर्वाचित भएका छन् । संघको २१औं वार्षिक साधारण सभाबाट थापा पुनः संघको अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।  संघको सो वार्षिक साधारण सभामार्फत आगामी दुई वर्षका लागि संघले सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन थापाको अध्यक्षतामा पुनः नयाँ कार्यसमिति चयन गरेको हो । 
क्याप्टेन थापाले नेपाली हवाई क्षेत्रमा विगत दुई दशकदेखि हेलिकोप्टर कम्पनी सञ्चालन गर्दै आएका छन। थापा सन् २००२ देखि हेलिकोप्टर प्रशिक्षक पाइलटका रुपमा पनि क्रियाशील छन्। संघमा पुनः अध्यक्षमा निर्वाचित भएका थापा सिम्रक एयरका सञ्चालक हुन्। 
थापाको नेतृत्वमा दुई वर्षका लागि संघको १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। सो कार्यसमितिको उपाध्यक्षमा यति एयरलाइन्सका अनोज रिमाल, सौर्य एयरलाइन्सका गोपाल भट्टराई, अल्टिच्यूड एयरका निमानुरु शेर्पा निर्वाचित भएका छन ।  यसैगरि, महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने, कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी निर्वाचित भएका छन । त्यसैगरि, संघको अन्य कार्यसमिति सदस्यहरुमा हेली एभरेष्टका फुरु ग्याल्जे शेर्पा, प्रभु हेलिकोप्टरका सुवास अमात्य, श्री एयरलाइन्सका अनिल मानन्धर, गुण एयरलाइन्सका प्रज्वल थापा, कैलास हेलिकोप्टरका श्रीहरि कुईकेल र एयर डाइनेष्टिका बालकृष्ण पण्डित निर्वाचित भएका छन्।
सो साधरणसभामा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेले आन्तरिक उडानको सुरक्षाका लागि सरोकारवाला निकायहरुले सहकार्य गर्नुपर्ने बताए। उनले उडानका क्रममा हुने बाधा अवरोधलाई कम गर्न र उडानलाई सुरक्षित बनाउन नागरिक उड्यन प्राधिकरणले बजेट छुट्टाएको जानकारी दिए ।
पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले सरकारले परिस्थित अनूकल अपनाउने सुरक्षा मापदण्डहरुलाई वायु सेवा सञ्चालकहरुले सहजका साथ लिनुपर्ने बताए । 
नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक राजकुमार क्षेत्रीले सुरक्षित उडानका लागि प्राधिकरण सजग रहेको र निजी क्षेत्रसँग मिलेर अघि बढ्ने बताए ।
संघका नवनियुक्त अध्यक्ष क्याप्टेन रामेश्वर थापाले वायुसेवाको सुरक्षास्तरलाई अझै उचाईमा पु¥याउने र नेपाली वायुसेवाको सुरक्षा सूदृढीकरणलाई बढीभन्दा बढी विश्वासिलो बनाउँदै जाने बताए । आफ्नो कार्यकालमा उडान सुरक्षाको प्रतिबद्धता दोहोराउँदै उनले मन्त्रालय, प्राधिकरण लगायतका नियामक निकायहरुसँग हातेमालो गर्दै नेपाली हवाई उद्योगमा रहेका विभिन्न समस्यालाई निराकरण गर्ने प्रतिवद्धता व्यक्त गरे । यसैगरी, उनले हवाई सञ्चालन उद्योग कोभिड महामारीको चपेटामा परी उठ्न नसक्नेगरी अप्ठेरोमा परेको र विगत एक वर्षदेखि लगातार हवाई इन्धनमा भएको बढोत्तरीले झनै कठिनाइ थपिँदै गएको बताए । हाल अन्तर्राष्ट्रिय पर्यटकको आगमन नै बन्द भई उड्डयन क्षेत्र शिथिल भइरहेको अवस्थामा पुनः कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको प्रभावमा परी अझै अप्ठेरा दिन आउन सक्ने बताए । थापाका अनुसार विमानस्थलमा चराचुरुंगी एवं जनावरको उपस्थितिले पनि नेपालको हवाई सुरक्षामा चुनौती बढेको घटनासमेत बढिरहेको र क्रमशः विमानहरू भूमिस्थ भइरहेकोमा चिन्ता व्यक्त गरे । 
सो वार्षिक साधारण सभामा महासचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन पेस गरिएको थियो । सोही अवसरमा वायुसेवा कम्पनीहरूको अध्यक्ष, प्रबन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत, कार्यकारी प्रमुख तथा उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 
यसरी विमान भूमिस्थ हुँदा अपरेसन आम्दानी पनि घटिरहेको भन्दै उनले यस्तो अवस्थाका कारण हवाई सुरक्षाका यी विषयमा सरकार एवं नेपाल नागरिक उड्डयन प्राधिकरणले समस्या न्यूनीकरण तर्फ ध्यान दिनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।