logo

कांग्रेसको महाधिवेशनमा सहभागी नेता कार्यकर्ताले काठमाडौं उपत्यकाका होटल व्यवसायी मालामाल 

    922   पटक पढिएको

२७ मंसिर/अर्थ र व्यापार – गत २४ मंसिरदेखि जारि नेपाली कांग्रेसको १४औैँ महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकका कारण अहिले काठमाडौं उपत्यकाका होटल व्यवसायी मालामाल भएका छन ।  कांग्रेसको महाधिवेशनमा सहभागी हुन मुलुकभरबाट आएका नेता कार्यकर्ता लगायत विभिन्न अतिथी पाहुनाहरुको भीडले अहिले राजधानीका अधिकांश होटल भरिभराउ भएका छन् । गत शुक्रबारदेखि काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको महाधिवेशको अन्तिम दिन सोमबार मतदान कार्य अर्थात निर्वाचन भएको छ । यस निर्वाचनको मतपरिणामबाट आगामी नयाँ नेतृत्व चयन हुने छ ।     
कांग्रेसले महाधिवेशन प्रतिनिधि बस्नका लागि राजधानीका तीन ठाउँमा होटलको व्यवस्था गरेको थियो । काठमाडौको सुन्धारा, ठमेल र गौशालामा महाधिवेशन प्रतिनिधिलाई बस्ने व्यवस्था गरिए पनि हाल तारे होटल, पर्यटकीय होटलदेखि सामान्य होटलसमेत प्रतिनिधि, पर्यवेक्षकका साथै शुभेच्छुकले भरिभराउ भएका छन् । 
आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेका अनुसार करिब चारहजार प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएका थिए । महाधिवेशनमा सहभागी हुने आठहजार व्यक्तिका लागि भोजनको व्यवस्था समेत गरिएको थियो ।     महाधिवेशन आयोजनास्थल भृकुटीमण्डप आसपास मात्र होइन, प्रतिनिधि बस्ने होटल आसपास पनि उम्मेदवारका प्रचार सामग्री झुण्ड्याइएका थिए । सुन्धारा, ठमेल र गौशाला क्षेत्रका बाटाबाटामा प्रचार सामग्री टाँगिएका थिए । 
कोरोना महामारी जोखिम कायमै रहे पनि होटल व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर महाधिवेशन प्रतिनिधिलाई खानेबस्ने व्यवस्था मिलाएका छन् । यो महाधिवेशनमा बास बस्ने होटल मात्र नभएर अहिले भृकुटमिण्डप आसपासका चिया पसल तथा खाजा नास्ता खाने रेस्टुरेन्टहरु समेत हरेक दिन भरिभराउ भईरहेका छन । यो भिड निर्वाचनको नतिजा सार्वजनिक नभएसम्मकालागि अझै केही कायमै रहने सम्बन्धीत होटल तथा रेस्टुरेन्ट व्यवसायीहरुले बताएका छन । उनीहरुले यो महाधिवेशनले कोरोना महामारिले लामो समय थला पारेको होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई अहिले निकै राहत दिएर चलायमान बनाईदिएको बताएका छन । 
लामो सयम कोरोना महामारीका कारण समस्यामा परेका होटल व्यवसायीले महाधिवशेनमा सहभागी हुन विभिन्न ठाउँबाट आएका प्रतिनिधीहरु, नेता तथा कार्यकर्ताको भीडका कारण अहिले निकै राहत महशुस गरेको बताएका छन् । एकता होटल व्यवसायी संघका उपाध्यक्ष खेमराज उप्रेतीले ठूलो पार्टीले काठमाडौँमा महाधिवेशन गर्नु राम्रो पक्ष भएको बताए । उनले काठमाडौँका तारे होटलदेखि पर्यटकस्तरीय होटल प्रतिनिधि र शुभेच्छुकका कारण भरिभराउ भएको जानकारी दिए ।     
     
कोरोनाका कारण लामो समयसम्म पाहुनाविहीन बनेका होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई अहिले कोरोना केही मत्थर हुँदै गएको, पहिले जस्तै विभिन्न बैठक, भेला, सम्मेलन, गोष्ठीका साथै पार्टीका महाधिवशेन पनि हुन थालेपछि धेरै राहत मिलेको भन्दै यि व्यवसायीले खुसी व्यक्त गरेका छन् । अहिले होटल व्यवसायीको अनुहारमा निकै चाम देखिएको छ । 
हाल यस संघ अन्तर्गत राजधानीमा करिब ४०० होटल रहेका छन् । अध्यक्ष उप्रेतीले संघ आबद्ध कोटेश्वर, एयरपोर्ट, तिलगंगा , गौशाला, चाबहिल, बत्तिसपुतली, ज्ञानेश्वर, लाजिम्पाट लगायत क्षेत्रका होटल महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकका कारण खचाखच भरिएको बताए । 
सो क्षेत्रका होटल अहिले शतप्रतिशत ‘अकुपेन्सी’मा चलेका छन् । हाल सबै होटल भरिएका छन्, कोठा खाली छैनन्, यो सुखद् पक्ष भएको बताउँदै उपाध्यक्ष उप्रेतीले भने , ‘ यो महाधिवेशनमा सहभागी पाहुनालाई राम्रो सेवा सत्कार दिन अहिले यहाँका सबै होटलले स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रवाह गरिरहेका छन् ।’     
लामो समय नेपालको पर्यटन क्षेत्र कोरोना महामारीका कारण अस्तव्यस्त बन्यो । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘भ्रमण वर्ष २०२०’ को सुरुआतमै कारोेना महामारीले उग्ररुप लिएको थियो । कोरोनाका कारण आन्तरिक पर्यटकीय गतिविधि पनि ठप्प भएको थियो ।     विगतका वर्षहरुको तुलनामा अहिले कोरोनाको संक्र्रमणदर केही कमी आएको र खोपको उपलब्धतासँगै पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको छ । पछिल्लो समय विदेशी पर्यटकको आवागमन समेत बढेको छ । आन्तरिक पर्यटन पनि फस्टाउन थालेको छ । 
हाल नेपाली कांग्रेसको १४ औं महाधिवेशन लगायत विभिन्न राजनीतिक दलका महाधिवेशन लगायतका गतिविधिले पनि नेपालको पर्यटन प्रवद्र्धनमा निकै मद्दत पुगेको आम व्यवसायीको भनाई छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले यहि मंसिरको दोस्रो साता चितवनको सौराहामा १०औँ महाधिवेशन सम्पन्न गरेको थियो । एमालेको सो महाधिवेनले चितवन लगायत मध्य नेपाल क्षेत्रको पर्यटन प्रवद्र्धनमा निकै ठूलो भूमिका निर्वाह गरेको पर्यटन व्यवसायीको भनाई छ ।  
विदेशी पाहुनासमेत सहभागी महाधिवेशनका क्रममा विभिन्नि जातजाति, भाषाभाषीका तर्फबाट प्रस्तुत गरिएका सांस्कृतिक झाँकीले पनि नेपालको कला, संस्कृतिको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह पर्यटन व्यवसायीको भनाइ छ ।     
कांग्रेसको महाधिवशेनले पनि काठमाडौँको पर्यटन व्यवसायलाई निकै ठूलो सहयोग गरेको संघका उपाध्यक्ष उप्रेतीको भनाइ छ । यहीबीचमा केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि काठमाडौँमा महाधिवेशन सम्पन्न गरेको थियो । त्यो कार्यक्रममा पनि काठमाडौका होटल भरिएका थिए ।  यसैगरि, आगामी पुसको दोस्रो साता नेकपा (माओवादी केन्द्र)ले काठमाडौँमा राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ । सो कार्यक्रमले पनि यहाँका होटल तथा रेस्टुरेन्टलाई निकै चलायमान बनाउने अपेक्षा आम व्यवसायीको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।