logo

जापानको प्रविधि कृषिको व्यवसायिकरणमा भित्र्याउन चाहने गिरी  

केशर गिरी,आईसिसि सदस्य, एनआरएन जापान

    9042   पटक पढिएको

“सम्बृद्ध नेपाल निर्माणका लागी रेमिटेन्स मात्र नेपाल भित्र्याएर हुँदैन,नलेज रेमिटेन्सलाई पनि नेपाल भित्र्याउनुपर्छ” भन्ने मान्यताका साथ नेपालमा नयाँ प्रविधि भित्र्याउने अभियानमा लागेका छन–केशर गिरी । एनआरएनए जापानका आईसिसि सदस्य समेत रहेका गिरी नेपालको कृषि क्षेत्रको व्यवसायिक विकासका लागी प्रांगारिक मलको उत्पादन गर्न जापानवाट नेपालमा नयाँ प्रविधि भित्र्याउने योजनामा लागेका हुन ।

जापानमा बसेर व्यवसाय सुरु गरेका गिरी हाल जापान र नेपाल दुवै देशमा व्यवसायको क्षेत्रमा सक्रिय छन । रेष्टुरेण्ट व्यवसायवाट व्यवसायिक दुनियाँमा प्रवेश गरेका गिरी हाल त्यसका साथै रेमिटेन्स, ट्रेडिङ, पर्यटन, स्वास्थ्य र हाईड्रोपावर व्यवसायमा समेत सक्रिय छन । 


बाग्लुङ जिल्लाको बरेङ गाउँपालिकामा जन्मेका केशर गिरीले कपिलवस्तुको तौलिहवाबाट एसएलसी सम्मको अध्ययन पुरा गरे । त्यसपछि उच्च शिक्षा अध्ययनका लागी काठमाडौंको सरस्वती क्याम्समा भर्ना भए । त्यो समय नेपालमा भर्खरै बहुदल आएको थियो । नेपालमा नै केहि गर्ने सोच पनि उनमा नभएको होईन । त्यसैले त्यतिवेलै तौलिहवामा सानोतिनो व्यवसाय सुरु गरे । 
तर उनको मनमा भने संसार हेर्ने,देख्ने र बुझ्ने रहर बढ्दै थियो । त्यसका पछाडी उनको भिनाजु जापानमा हुनुहुन्थ्यो, त्यसैले पनि हुनसक्छ । उनमा पनि जापानको मोह बढ्दै गयो र सन १९९३ मा गिरी जापान प्रस्थान गरे । जापान गएर रेष्टुरेण्टमा काम गर्न थाले । त्यसै पनि उद्यमशील स्वभावका गिरीको मन जागिरमा रमाउने कुरै भएन । सधैं जागिर खाने भन्दा पनि आँफै केहि गर्ने सोच उनमा आयो । त्यसपछि जापानको पिआर लिएर जापानको नागयामा शान्तिपुर रेष्टुरेण्ट सञ्चालनमा ल्याए । त्यसपछि ट्रेडिङ कम्पनी सञ्चालनमा ल्याए । एउटा रेष्टुरेण्ट वाट सुरु भएको गिरीको व्यवसायिक यात्रा आज जापान र नेपालको विभिन्न क्षेत्रमा फैलिएको छ ।

हाल उनले जापानको विभिन्न सहरहरुमा छ वटा रेष्टुरेण्टहरु सञ्चालन गरिरहेका छन । त्यसका अलावा गिरी करुना ट्रेडिङका अध्यक्ष, जापानको रुपि सेन्डका निर्देशक, संसार रेमिट प्रा.लि.का निर्देशक, होटल उडल्याण्डका निर्देशक समेत हुन । त्यसका साथै नेपालको स्वास्थ्य क्षेत्रमा पनि उनी संलग्न छन । काठमाडौंको नेपाल क्यान्सर हस्पिटल र विभुति हस्पिटलमा पनि उनि संलग्न छन । 
नेपालवाट जापान गएर व्यवसाय गरेर सफल हुन सहज त पक्कै थिएन । पहिलो कुरा त सुरुसुरुमा भाषाकै समस्या हुन्थ्यो । व्यवसायमा ठूलो संघर्ष गरे । सुरुवातका दिनमा दैनिक १२–१४ घण्टासम्म दैनिक काम गर्थे । रेष्टुरेण्ट सञ्चालमा ल्याएपछि नेपालवाट चिया, कफि, बेसार र अदुवा लगेर जापानमा बेच्ने योजना ल्याए । तर त्यो योजनाले त्यतिखेर खासै सफलता दिन सकेन ।

त्यसैबखत जापानमा एनआरएनए जापानको स्थापना भयो । त्यसमा उनी सुरुदेखि नै संस्थापकका रुपमा रहेर नै काम गरे । हाल उनी एनआरएनए जापानको आईसस सदस्यका रुपमा सक्रिय छन । एनआरएनले उज्यालो नेपाल अभियान अन्तर्गत ३०० मेगावाट विजुली उत्पादनको लक्ष्य लिएको छ । त्यो अभियानमा पनि उनी जोडिएका छन । त्यसवाहेक नेपालको पर्यटन प्रबद्र्धनमा गैर आवासिय नेपाली अभियान मार्फत नेपालको पर्यटन विकासका क्षेत्रमा पनि उनले प्रयास गरिरहेका छन ।“विदेशमा वस्ने सवै नेपालीहरुले वर्षमा १ वा २ जना पर्यटकलाई नेपाल पठाउन सके पनि त्यसले नेपालको पर्यटन विकासमा ठूलो योगदान हुनेछ”–गिरी भन्छन । 


जापान बसाईका क्रममा उनले बुझे, जापनिजहरुले पनि काम गर्ने दिनमा आठै घण्टा हो । “उनीहरुले आधा घण्टामा गर्ने काम गर्न हामीलाई आठ घण्टा लाग्छ,उनीहरुले आज गर्ने कामका लागी हिजै योजना बनाएका हुन्छ”–गिरीको अनुभवले भन्छ–हामीले भने योजना बनाएर कामै गर्न सकेनौं । हाम नेपालीहरु स्वभावका हिसावले पनि अरुमा निर्भर रहेको उनको बुझाई छ । आफ्ना छोराछोरीलाई पनि आफ्नै खुट्टामा उभिन सिकाउनुपर्छ । त्यसका साथै हाम्रो समाजमा कमिसनतन्त्रले जरा गाडेर बसेका कारण उद्यमशीलताको विकास हुन नसकेको उनको बुझाई छ । “उदाहरण्को लागी बच्चालाई बीस रुपैयाँ दिएर तरकारी किन्न पठायौं भने फिर्ता आएको दुई–चार रुपैयाँ फिर्ता माग्दैनौं, बच्चा देखि नै हामीले कमिसनतन्त्र सिकाएका छौं”–गिरी भन्छन ।

आगामी दिनमा जापानको कृषि प्रविधि नेपालमा भित्र्याउने उनको योजना छ । उनलाई लाग्छ, समृद्ध नेपाल निर्माण गर्ने हो भने नेपाललाई ग्रामीण क्षेत्र र कृषि वाटै उकास्नुपर्छ । कहाँको माटोमा के फल्छ ? त्यस विषयमा अध्ययन आवश्यक रहेको उनको बुझाई छ । सरकारले विदेशवाट आउने रसायनिक मलहरु रोकेर नेपालमै अर्गानिक उत्पादनमा फड्को मार्न सक्ने सम्भावना उनले देखेका छन । त्यसैले नेपालमा फोहर व्यवस्थापन वाट अर्गानिक मल बनाउने नयाँ योजना र प्रविध उनले नेपाल भित्र्याउँदै छन । कृषि भित्र पनि प्रांगारिक मल उत्पादन गरि अर्गानिक कृषि उपजहरु व्यवसायिक रुपमा उत्पादन गर्ने योजनामा उनी रहेका छन ।

नेपालमा अपांगहरुलाई ह्विलचियर वितरण लगायतका सामाजिक कार्यमा पनि सक्रिय गिरी दुई सन्तान र श्रीमतिका साथ जापानमा बस्दै आएका छन । अव देशमा राजनीतिक आन्दोलन सकिएकोले अव देशमै केहि गर्नुपर्ने आवश्यकता र सम्भावना दुवै उनले देखेका छन । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।