logo
Friday, 6 June 2025, 12:49:16 am

अबको ५० वर्षसम्म वामपन्थी सरकार चालाउने योगेश भट्टराईको दाबी,

    1223   पटक पढिएको

 

कात्तिक १५ / अर्थ र व्यापार - ताप्लेजुङ । एमाले सचिव योगेश भट्टराईले अबको ५० वर्षसम्म वामपन्थी शक्तिले सरकार चालाउने दावी गरेका छन् ।
बुधबार विहान ताप्लेजुङमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले देशभर चलिरहेको वाम गठबन्धनको चुनावी लहर र एकताको कारण प्रदेशसभा र प्रतिनिधिसभा मात्र नभई ५० वर्षसम्मका सबै चुनाव वामपन्थीहरुले नै जितेर सत्ता चलाउने अवस्था बनेको बताए । २००७ सालदेखि बीचमा केही समय छोडेर अधिकांश समय कांग्रेसले सत्ता सञ्चालन गरे पनि देशमा आर्थिक र सामाजिक क्रान्ति गर्न नसकेकाले नै विकास र समृद्धिका लागि पनि कम्युनिष्टहरुको एकता भएको उनको भनाइ छ ।

सचिव भट्टराईले केन्द्रीय पहुँचको आधारमा आफ्नै ठाउँबाट विकास सुरु गर्ने लक्ष्यबमोजिम गृह जिल्लाबाट उम्मेदवारी दिएको स्पष्ट पारे । ताप्लेजुङ विकट जिल्ला भनेर देशभर चिनिएकाले यसलाई नमूना जिल्लाको रुपमा विकास गर्ने लक्ष्य आफूले लिएको भट्टराईले जानकारी दिए ।
ताप्लेजुङलाई केन्द्र बनाएर नेपाल–भारत–चीन त्रिदेशीय व्यापारको संभावना रहेको उल्लेख गर्दै उनले आफ्नो पहिलो प्राथमिकता चीन जोड्ने सडकको निर्माण सम्पन्न गर्नु रहेको बताए । गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार र शिक्षामा सबैको पहुँच पुर्याउनु पनि उत्तिकै प्राथमिकताको विषय रहेको उनको भनाइ छ ।
उनले जिल्लामा एमाले–माओवादी केन्द्रसँग मात्र नभई सबै राजनीतिक दलका उच्च नेता सँगको सल्लाहबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।