२३ पुस/अर्थ र व्यापार– अमेरिकी संसदले जो वाइडेन गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति निर्वाचनबाट ४६ औं राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गरेको छ ।
आज बसेको अमेरिकाको दुवै संसदको संयुक्त बैठकले वाइडेनको जित प्रमाणित गरेको हो । राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गरेसँगै वाइडेनका लागि ह्वाइट हाउसमा प्रवेश गर्ने बाटो खुलेको छ ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले इलेक्टोरल मतगणनामा वाइडेनले ३०६ मत र ट्रम्पले २३२ मत प्राप्त गरेको घोषणा घोषणा गरेको हो ।
वाइडेनले जनवरी २० मा राष्ट्रपतिका रुपमा सपथ लिनेछन् । यससँगै कमला ह्यारिस पनि उपराष्ट्रपति पदमा अनुमोदित भईसकेकी छिन् ।
चुनावमा धाँधली भएको बताउँदै आएका डोनल्ड ट्रम्पका समर्थकले बैठक चलिरहेको बेला संसद भवनमा हिंसा मच्याएका थिए। चार जनाको ज्यान गएको हिंसाका कारण बैठक अवरूद्ध भएको थियो।
संसदमा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा दिइएको चुनौति दुई तिहाई मतले अस्वीकृत भएको थियो ।
संसदको निर्णयपछि राष्ट्रपति डोनल्ड ट्रम्पले विज्ञप्ति जारी गर्दै २० जनवरीमा शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया