१६ जेठ / अर्थ र व्यापार-नेकपा एमालेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको छ ।
देउवाले दलहरुलाई सहमतीय सरकार गठनको प्रयासका लागि लिखित पत्र पठाएर छलफलका लागि बोलाएका थिए । तर, एमाले अनुपस्थित भएको छ ।एमालेले कांग्रेसले देउवाको नेतृत्वमा सरकार गठन गर्ने भन्ने पत्र पाएपछि असन्तुष्ट प्रकट गरेको पाइन्छ ।
संसदमा रहेका अन्य दलका शीर्ष नेताहरु भने संसद भवन बानेश्वरमा जारी बैठकमा सहभागी छन् ।
राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि बिहीबार सात दिनको समय दिएर सहमतीय सरकार गठनका लागि आहृवान गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया