logo

आज चुनाव प्रसारको अन्तिम दिन , मौन अवधि राति १२ बजेदेखि

    1701   पटक पढिएको

 

१८ मङ्सिर / अर्थ र व्यापार - प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचन तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार तराई, भित्री मधेस र पहाडको तल्लो भेगका गरी ४५ जिल्लामा चुनाव हुँदैछ । दोस्रो चरणको चुनावमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले मत दिँदैछन् । सातवटै प्रदेशमा हुन लागेको चुनावका लागि तयारी पूरा भई मतदान केन्द्र बनाउन कर्मचारी मतदान केन्द्र पुगिसकेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए ।

‘शान्तिसुरक्षाको प्रत्याभूति हुनेगरी चुनाव गर्दैछौं,’ प्रमुख आयुक्त यादवले भने, ‘मतदाता सुरक्षित छन् , मतदान स्थल सुरक्षित छन् । ढुक्क भएर मतदानको वातावरण बनेको छ ।’ दोस्रो चरणको चुनाव सकिएपछि २१ गते बेलुकी ५ बजेपछि पहिलो चरणको चुनावको मतगणनाको काम सुरु हुने यादवले बताए । चुनाव प्रचारप्रसारका लागि दल र उम्मेदवारलाई सोमबार अन्तिम दिन हुनेछ । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ ।

निञधर्वाचनमा ५२ वटा संस्थाका ४५ हजार राष्ट्रिय पर्यवेक्षकले चुनावको पर्यवेक्षण गर्ने अनुमति आयोगले दिइसकेको छ । ४ सयजना अन्तर्रा्ष्ट्रिय पर्यवेक्षकले पर्यवेक्षणको अनुमति लिइसकेका छन् ।

 मौन अवधि राति १२ बजेदेखि

दोस्रो चरणको चुनावका लागि मौन अवधि सोमबार राति १२ बजेदेखि सुरु हुँदैछ । मौन अवधिमा दलले कुनै पनि चुनाव प्रचारप्रसारका काम गर्न पाउनेछैनन् । निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइनेछैन । मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३ सय मिटरवरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न भएका प्रचारप्रसार सामग्री हटाउनुपर्नेछ । म्यासेज, फेसबुक, भाइबरजस्ता सामाजिक सञ्जालमा विद्युतीय माध्यमद्वारा मत माग्न, निर्वाचन प्रचारप्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ । मौन अवधिमा उम्मेदवार र दलको प्रचारप्रसार हुनेगरी कुनै समाचार, सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।