logo

कर्मचारी सरुवामा मनपरी गरेको भन्दै वडाध्यक्षले लगाए अधिकृतको कक्षमा ताला

    1611   पटक पढिएको


३ पुष / अर्थ र व्यापार - चरिकोट –कर्मचारी सरुवामा मनपरी गरेको भन्दै वडाध्यक्षले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका छन् ।
दोलखाको भीमेश्वर नगरपालिकाका वडा नं ३ का वडाध्यक्ष हरिशरण शिवाकोटीले वडा कार्यालयको कर्मचारी सचिवलाई आफ्नो सहमति विपरीत सरुवा गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका हुन् । वडाध्यक्ष शिवाकोटीले वडाका सचिव भीमबहादुर बस्नेतलाई आफ्नो सहमति विपरीत नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर नेपालले सरुवा गरेपछि कार्यालयमा ताला लगाइदिएको बताए ।
भीमेश्वर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शंकर नेपालले वडालाई पत्र लेख्दै वडा सचिव भीमबहादुर बस्नेतलाई वडा नं ३ बाट ५ मा कामकाजका लागि खटाइएको भन्दै सरुवा गरेर सहायकस्तर पाँचौका लक्ष्मी कार्कीलाइ वडा नं ३ मा सरुवा गरेपछि भीमेश्वर नगरपालिकामा कर्मचारी सरुवा विवाद सुरु भएको हो ।
अधिकृत नेपाल कर्मचारीको सरुवाका विषयमा विवाद बढ्न थालेपछि काठमाडौं गएको नगरपालिकाका कर्मचारी बताउँछन् । अधिकृत नेपालले जिविसमा रहँदा झोला, फर्निचर, अन्य जिविसका सामग्री, मोटरसाइकल खरिदलगायतमा व्यापक घोटाला गरेको जिविसका कर्मचारीले नै आरोप लगाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।