८ माघ / अर्थ र व्यापार - काठमाडौं । मानव बेचबिखन मुद्दा लागेको नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङलाई फेरी अर्को मुद्दा पनि आइलागेको छ । मानव बेचबिखन मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश आदेश पाए पनि फेरी उनीविरुद्ध जीउ मास्ने बेच्ने अभियोगको अर्को मुद्दा लागेको छ ।
उनलाई हिरासतमै राखिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी०ले जनाएको छ । मानव बेचबिखनको आरोपमा जिल्ला अदालत नुवाकोटमा मुद्दा चलिरहेका बेला तामाङ गएको वैशाखमा भएको स्थानीय तहको चुनावमा वडा अध्यक्षमा निर्वा्चित भएका थिए ।
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा निर्वा्चित भएका थिए । उनले नेपाली चेली भारत पुर्याएर बेच्ने गरेको खुलेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनकै कार्यकक्ष घ्याम्फेदीबाट गएको पुस ५ गते पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया