logo

प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक

    1666   पटक पढिएको


७ पुस / अर्थ र व्यापार - काठमाडौँ । राष्ट्रिय सभा र सरकार गठनका विषयमा राजनीतिक गतिरोध बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलिय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले आज ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

सत्तारुढ दल नेपाली काङ्ग्रेसले निर्वाचन परिणाम सार्वजनिक गर्न अघि राष्ट्रपछि कार्यालयमा अड्किए रहेको राष्ट्रिय सभा गठनबारे अध्याधेश जारी गर्न पर्ने अडान राखेको छ । यता, नेकपा एमालेले भने उक्त अध्याधेस असंवैधानिक भएको भन्दै राष्ट्रपतिले उक्त अध्याधेश जारी गर्न नहुने र निर्वाचन आयोगले तत्काल निर्वाचन परिणाम सार्वजनिक गरेर सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

राष्ट्रिय सभा र सरकार गठन फरक प्रक्रिया भएको भन्दै एमालेले जनमतको कदर गर्दै नयाँ सरकार गठनको प्रक्रिया तुरुन्त शुरु गर्नुपर्ने बताउँदै आएको छ ।

तर, सरकारले भने राष्ट्रिय सभाको निर्वाचनपछि मात्र निर्वाचनको चक्र पूरा हुने र त्यसपछि मात्र सरकार गठनको प्रक्रिया अघि बढ्ने भन्दै अध्याधेश जारी गर्नुपर्नेमा जोड दिइरहेको छ । राष्ट्रिय सभाको गठन एकल संक्रमणीय निर्वाचन प्रणाली वा बहुमतीय निर्वाचन प्रणालीमा जाने भन्ने विषयमा दलहरुबीच मतभिन्नता देखिएको छ ।

दुवै पक्षले आ–आफ्ना तर्क प्रस्तुत गरिरहेका छन् । जसले गर्दा नेपाली राजनीति अनिर्णयको बन्दी बनिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।