logo

प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक

    1398   पटक पढिएको


७ पुस / अर्थ र व्यापार - काठमाडौँ । राष्ट्रिय सभा र सरकार गठनका विषयमा राजनीतिक गतिरोध बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलिय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले आज ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

सत्तारुढ दल नेपाली काङ्ग्रेसले निर्वाचन परिणाम सार्वजनिक गर्न अघि राष्ट्रपछि कार्यालयमा अड्किए रहेको राष्ट्रिय सभा गठनबारे अध्याधेश जारी गर्न पर्ने अडान राखेको छ । यता, नेकपा एमालेले भने उक्त अध्याधेस असंवैधानिक भएको भन्दै राष्ट्रपतिले उक्त अध्याधेश जारी गर्न नहुने र निर्वाचन आयोगले तत्काल निर्वाचन परिणाम सार्वजनिक गरेर सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

राष्ट्रिय सभा र सरकार गठन फरक प्रक्रिया भएको भन्दै एमालेले जनमतको कदर गर्दै नयाँ सरकार गठनको प्रक्रिया तुरुन्त शुरु गर्नुपर्ने बताउँदै आएको छ ।

तर, सरकारले भने राष्ट्रिय सभाको निर्वाचनपछि मात्र निर्वाचनको चक्र पूरा हुने र त्यसपछि मात्र सरकार गठनको प्रक्रिया अघि बढ्ने भन्दै अध्याधेश जारी गर्नुपर्नेमा जोड दिइरहेको छ । राष्ट्रिय सभाको गठन एकल संक्रमणीय निर्वाचन प्रणाली वा बहुमतीय निर्वाचन प्रणालीमा जाने भन्ने विषयमा दलहरुबीच मतभिन्नता देखिएको छ ।

दुवै पक्षले आ–आफ्ना तर्क प्रस्तुत गरिरहेका छन् । जसले गर्दा नेपाली राजनीति अनिर्णयको बन्दी बनिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।