७ माघ / अर्थ र व्यापार - काठमाडौँ। सात वटा प्रदेशमा आइतबार प्रदेश सांसदहरुको सपथ ग्रहण हुँदैछ । निर्वाचन आयोगले दिएको समयसीमाभित्र सात वटै प्रदेशका सांसदहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले प्रदेश प्रमुखहरुसँग छलफल गर्दै आइतबार बिहान ११ बजेभित्र सबै प्रदेशसभाका सांसदहरुलाई सपथ ग्रहण गराउने सहमति गरेको थियो । सात वटै प्रदेशको अस्थायी राजधानीमा प्रदेशसभाका सदस्यलाई सपथ गराइने छ ।
आइतबार हुने सपथ ग्रहणको सुरुमा प्रदेश प्रमुखले प्रदेशसभाका संधांसदमध्ये सकधबंैभन्दा ज्येष्ठ सदस्यलाई पद तथा गोपनीयताको सपथ खुवाउनेछन् । त्यस लगत्तै ज्येष्ठ सदस्यले प्रदेशसभाका सदस्यहरुलाई सपथ खुवाउनेछन् । सपथ ग्रहण लगत्तै येष्ठ नागरिकको अध्यक्षतामा प्रदेशसभाको पहिलो बैठक बस्नेछ ।
तपाईको प्रतिक्रिया