१७ मंंसिर / अर्थ र व्यापार - निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको बताइएको छ ।
हत्यामा संलग्न सुटरसहित पाँच जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी सार्वजनिक गरेको थियो । टोलीले केहीबेरमै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताएको छ । गौचनको असोज २३ गते नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा गोली हानी हत्या भएको थियो ।
तपाईको प्रतिक्रिया