१६ जेठ / अर्थ र व्यापार- मंगलबार बिहानै भारतीय दूताबास लैनचौर पुगेका राष्ट्रिय जनता पार्टीका नेताहरु सरकारले स्थानीय तह निर्वाचनको मिति सार्दा पनि चुनावमा जान आनाकानी गरिरहेका छन् ।
मंगलबार बिहान ९ बजे दूताबास पुगेका नेताहरु , त्यहाँ गएका कारण सहमतीय सरकार गठनबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा राजपाका शीर्ष नेताहरु अनुपस्थित नै रहे ।
राजपाका लक्ष्मणलाल कर्ण, नरसिंह चौधरी र डिम्पलकुमारी झा मात्रै संसद भवनमा बसेको बैठकमा उपस्थित थिए । अध्यक्ष मण्डलका सदस्यहरु भने सबै उपस्थित भएनन् र दूताबासको बैठकमा नै गए ।
तपाईको प्रतिक्रिया