२८ जेठ/ अर्थ र व्यापार- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । राजपाले आम हड्ताल सहितका आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले सो निर्णय गरेको हो ।
सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचन मित असार १४ गते लाई लक्षित गर्दै राजपाले १० गते देखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ । त्यस्तै उम्मेद्वारहरूको मनोनय दर्ताका दिन असार २ गते राजपाले गाउँपालिका र नगरपालिकामा अवस्थित निर्वाचन केन्द्रहरूमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने बताएको छ । त्यस्तै असार ६ देखि १४ गते सम्म निर्वाचन कार्यक्रममा अवरोध गर्ने उसले जनाएको छ ।
आईतवार आन्दोलनका कार्यक्रम सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राजपा नेता राजेन्द्र महतोले सरकारसँग वार्ताको औचित्य सकिएको तर सरकारले मागहरु पूरा गरेमा आफूहरु सहमतिमा आउन तयार रहेको उनले वताए ।
तपाईको प्रतिक्रिया