१७ कात्तिक/अर्थ र व्यापार– प्रस्तावित राजदूतहरू पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्मा माथि कात्तिक २७ गते संसदीय सुनुवाई हुने भएको छ ।
युवराज खतिवडा, लोकदर्शन रेग्मी विरुद्ध उजुरी परेको छ । उजुरीकर्ता सम्पर्कमा नआएका कारण संसदीय सुनुवाइका लागि मिति तोकिएको हो ।
खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एक उजुरी परेको थियो । विश्वकर्मामाथि भने कुनै उजुरी परेको छैन ।
उजुरीकर्ता सम्पर्कविहीन भएपछि संसदीय सुनुवाइ समितिले कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेको थियो।
उजुरीकर्तालाई सम्पर्कमा आउन आजसम्मको समय तोकिएको थियो । उनीहरु सम्पर्कमा नआएपछि समितिले सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया