१४ जेठ / अर्थ र व्यापार- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमा नै हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरेका छन्।
व्यवस्थापिका संसद्को आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफू र आफ्नो पार्टीलाई मात्र केन्द्रमा राखेको–हेरेको भए सबैलाई जोडेर स्थानीय तहको निर्वाचनमा जान सकिँदैन थियो भन्दै देशको आवश्यकता र संविधान कार्यान्वयनका लागि आफूले यस्तो कदम चालेको स्पष्ट पारे।
उनले भने, “मेरो जोड स्थानीयपछि प्रदेश र सङ्घको निर्वाचनसमेत सम्पन्न गरी सङ्क्रमणकाल अन्त्य गर्नेमा छ ।
तपाईको प्रतिक्रिया