logo

प्रधानमन्त्री ओलीद्धारा संसद विघटनसँगै आमचुनाव गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव

    1555   पटक पढिएको

५ पुस/अर्थ र व्यापार– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसँगै आमचुनाव गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव गरेका छन् ।

आज आईतबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर प्रधानमन्त्री ओलीले संसद विघटनसँगै आमचुनाव गर्न प्रस्हताव गरेका हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष २०७८ वैशाख २३ वा वैशाखभित्रै आम चुनाव गर्ने प्रस्ताव राखेका छन् । 
मंसिर ३० मा मात्र प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए । उक्त अध्यादेश फिर्ता गर्ने निर्णय भए पनि फिर्ता भने भइसकेको छैन ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्तावको तयारी भइरहेको कारण संसद विघटनको निर्णय भएको जनाएको छ ।

प्रधानमन्त्री ओलीको संसद विघटनसँगै आमचुनावको प्रस्ताव राष्ट्रपतिले सिफारिस गरेपछिमात्र प्रमाणित हुन्छ ।

संविधानविद् भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगाएतले प्रधानमन्त्री ओलीको संसद विघटनको प्रस्तावलाई संविधानमाथिको कू भनेका छन् । उनिहरुले संसद विघटन प्रकियालाई राज्यका सबै संवैधानिक अंगहरूले निस्तेज बनाएर संविधानको रक्षा गर्नपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।