logo

उपत्यकामा पाँच सिटबाहेक सबै सिटमा वाम गठबन्धन विजय

    1398   पटक पढिएको


२८ मंसिर / अर्थ र व्यापार - प्रदेशसभाअन्तर्गत उपत्यकामा पाँच सिटबाहेक सबै सिटमा वाम गठबन्धन विजय भएको छ । उपत्यकामा भएका ३० प्रदेशसभामा नेपाली काँग्रेस तीन र नेपाल मजदुर किसान पार्टीको एक सिटबाहेक २५ सिटमा वाम गठबन्धन विजयी भएको हो । 
१५ निर्वाचन क्षेत्रमा १० निर्वाचन क्षेत्र जितेको वाम गठबन्धनले प्रतिनिधिसभामा भने २५ सिट प्राप्त गरेको छ । प्रतिनिधिसभामा काठमाडौँका क्षेत्र नं १, ४, ६ र १० मा काँग्रेस र भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विजयी हुनुभएको छ । काठमाडौँमा ४ स्थान र भक्तपुरमा नं १ प्रदेशबाहेक सबै प्रदेशमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको हो ।

ललितपुरमा भने वाम गठबन्धनले एकलौटी जित हासिल गरेको छ । त्यहाँ प्रतिनिधिसभा र प्रदेशसभामा अन्य दलले कुनै सिट ल्याउन सकेनन् । काँग्रेसबाट काठमाडौँ क्षेत्र नं १ को १ मा दीपेन्द्र श्रेष्ठ, काठमाडाँै नं ३ को १ मा छिरिङ दोर्जे लामा, काठमाडौँ–४ को १ मा नरोत्तम वैद्य र काठमाडौँ–१० को १ मा पुकार महर्जन तथा भक्तपुर–१ को १ मा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाइबाहेक सबै सिटमा वाम गठबन्धन विजयी भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।