५ पुस / अर्थ र व्यापार - काठमाडौंको टोखामा गोली चल्दा एक महिला घाइते भएकी छिन् । टोखाको महाकाल झोर १ मा गोली चल्दा स्थानिय दूर्गा चुडाँल लाई गोली लागेको हो । प्रहरी स्रोतले गोली चलेको क्षेत्र शिवपुरी निकुञ्ज भित्र पर्ने भएकाले चोरी शिकारी गर्ने व्यक्तिले गोली चलाएको हुन सक्ने अनुमान गरेको छ ।
शिवपूरी निकुञ्जभित्र एक राउन्ड गोली चलेको आवाज सूनिएको थियो । स्थानिय चुडाँल निकुञ्ज नजिकै रहेको बेला घाइते भएकी हुन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
तपाईको प्रतिक्रिया