logo

पार्टी एकतामा धोका हुँदैन : ओली

    1653   पटक पढिएको

 

२१ फागुन / अर्थ र व्यापार - काठमाडौँ। प्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट गर्नुभएको छ । 
झापा आन्दोलनका पाँच शहीदको ४५औँ वार्षिक स्मृति दिवसका अवसरमा आज नेकपा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित स्मृति सभा कार्यक्रममा उहाँले आफ्नो पार्टी विगतदेखि नै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध र मुलुकको समृद्धिका लागि क्रियाशील रहेकाले पार्टी एकतालाई सावधानीपूर्वक अघि बढाउन दृढ संकल्पित रहेको बताउनुभयो ।

उहाँले शहीदको योगदानबाट मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा आइपुगेकाले उहाँहरुको आकांक्षाअनुसार मुलुकको सामाजिक न्याय र समानता तर्फको यात्रालाई सरकारले लोकतान्त्रिक विधिअनुसार पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तत्कालीन पञ्चायत सरकारले २०२९ फागुन २१ गते झापा आन्दोलनका नेताहरु रामनाथ ढकाल, नेत्र घिमिरे, वीरेनसिंह राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सिमानामा पर्ने सुखानी जंगलमा लगी हत्या गरेको थियो ।

स्मृति सभामा एमालेका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, झापा आन्दोलनका नेता राधाकृष्ण मैनाली, शहीद परिवारका सदस्यलगायत हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।