logo

राज्यले हाम्रो कुरा सुन्यो भने वार्ता गर्न तयार छौं: विप्लव

    1563   पटक पढिएको


९ मंसिर/अर्थ र व्यापार– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरूले जनताको हितलाई केन्द्रमा राखेर उठाएको कुरा राज्यले सुन्यो भने वार्ता गर्न तयार रहेको बताएका छन् ।

विप्लवले राज्यसंग जनता असन्तुष्ट रहेको भन्दै आफूहरुले जनताका कुरा उठाएको बताएका हुन् । उनले जनताको हितलाई केन्द्रमा राखेर वार्ता गर्न सरकार तयार भए आफूहरु वार्ताको लागी तयार रहेको बताए । 

सोमबार ईरातोखबरलाई अन्तर्वार्ता दिँदै विप्लवले आफूहरूलाई अहिलेकै सत्तामा घुमाउन राज्यपक्षले चाहेकोले भन्दै नेपाली जनताको हितलाई केन्द्रमा राखेर वार्ता गर्न सरकार तयार छ भने आफूहरु वार्तामा बस्ने बताए ।

सरकारले प्रतिवन्ध लगाएपछि पनि पार्टीका नेता सुदर्शनलगायतसँग पुगेर राज्यले वार्ताको लागी प्रस्ताव गरेको बताए । तर कसैले देश बाहिर लगेर वार्ता गराउन खोजे प्रचण्ड, बाबुराम जस्तो मात्रै हुन्छ त्यो असम्भव हुने बताएका छन् ।

उनले आफूहरूले सञ्चालन गरिरहेको क्रान्ति जनताले नदेख्ने मोडभन्दा पर जान नहुनेमा आफू सचेत रहेको पनि बताएका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलले आफूहरूलाई भूमिगत पार्टी भनेकोमा असन्तुष्टि  व्यक्त गर्दै खुलामञ्चमै आउन पनि तयार रहेको बताए । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।