१९ पुस/अर्थ र व्यापार– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको संसद् विघटनविरुद्ध देशव्यापीरुपमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार बसेको केन्द्रीय समिति बैठकले पुस २५ गते ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, माघ ३ गते ७ सय ५३ वटै स्थानीय तह र माघ ८ गते सबै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको एक नेताले जानकारी दिए ।
पुस ५ गते प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि कांग्रेस विरोधमा उत्रिएको छ ।
तपाईको प्रतिक्रिया