logo

शीर्ष नेतृत्व तहमा महिलाहरूका लागि आरक्षण चाहियोः आरजु

भोट बढाएर खुलामै उठ्न नेतृहरुलाई देउवाको सुझाव

    2147   पटक पढिएको


१३ असोज/अर्थ र व्यापार– नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा सोमबार नेपाल महिला संघले ‘महिलाको नेतृत्व र विधान तथा क्रियाशील सदस्यको सवाल’ बिषयमा भर्चुअल अन्र्तक्रियात्मक कार्यक्रम गरेको छ । 

कार्यक्रममा कांग्रेसका महिला नेतृहरुले पार्टीमा महिला नेतृहरुको भुमिकाबारे विभिन्न मागहरु राख्दै बहस गरेका छन् । 

कांग्रेस विधानमा पार्टीका हरेक तहमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था भए पनि त्यो अपुग रहेको भन्दै नेतृहरूले आरक्षण बढाउनु पर्ने माग गरेका हुन् । 

कांग्रेस सभापति शेरवहादु देउबा पत्नी तथा नेतृ आरजु राणा देउवाले कांग्रेसमा महिला नेतृहरुलाई अहिलेसम्म भोटर मात्रै बनाएको भन्दै शीर्ष नेतृत्व तहमा महिलाहरूका लागि आरक्षण दिनुपर्ने बताईन ।  

कांग्रेसमा महिलाहरुलाई सहमहामन्त्रीमा मात्रै सिमित गर्नेगरेकोनेतृ देउबाले बताईन । उनले सभापतिमा भिड्न सक्ने महिला कम भएपनि अन्य शिर्ष पदमा भिड्न सक्ने महिला नेतृहरु रहेको बताईन् । 

नेतृ देउबाले पार्टीका कुन तहको कुन पदमा महिला हुनुपर्छ भन्ने उल्लेख गरेर सभापतिलाई नेतृहरूले पत्राचार गर्न सुझाव दिईन्।

उनले कांग्रेसमा महिलाहरुलाई क्रियाशिल सदस्यता वितरणमा समेत बखेडा गर्ने गरेको भन्दै विवेक प्रयोग गरेर कम्तीमा ४० प्रतिशत क्रियाशील सदस्यता महिलालाई दिनुपर्ने बताईन् । 

महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले महिलालाई क्रियाशील सदस्यता दिन नै पार्टी नेतृत्वले कन्जुस्याइँ गरिएको बताईन् । 

अध्यक्ष रेग्मीले जिल्लाबाट महिलाहरूले क्रियाशील दिइएन, फारम लुकाइयो भन्ने गुनासो आएकोले कम्तीमा ४० प्रतिशत क्रियाशील सदस्यता महिलालाई दिनुपर्छ भनेर सभापतिले जिल्लामा निर्देशन दिन माग गरिन ।

कार्यक्रममा बोल्दै महिला संघकी उपाध्यक्ष सरस्वती अर्याल तिवारीले २० वर्ष पहिले साधारण सदस्यता लिएको महिलाले क्रियाशील सदस्यता लिन नेताका ढोका धाउनुपर्ने अवस्था रहेको बताइन् ।

उपाध्यक्ष सरस्वती अर्याल तिवारीले महामन्त्रीमा महिला छैन, सहमहामन्त्रीमै सिमीत गरिएको भन्दै नेतृत्वमा महिला सुनिश्चितता नहुँदा संगठन विस्तारमा समस्या हुने गरेको बताईन् । 

अन्तक्रियामा नेतृहरूलाई जवाफ दिँदै पार्टी सभापति देउवाले पार्टीभित्र आरक्षण थप गर्न केही आपत्ति नभएको बताए । महिलालाई ४० प्रतिशत नै क्रियाशील सदस्यता दिनको लागि केन्द्रीय समितिबाट पास गरिदिने तर पार्टीमा भोट बढ्नु पर्ने उनको भनाई छ ।

महिलालाई ४० प्रतिशत टिकट दिन तयार रहेका तर हार्न टिकट दिएजस्तो भएको भन्दै  नेतृहरूलाई चुनाव जितेर आउनुपर्नेमा जोड दिए । 

शिर्ष नेतृत्व तहमा महिला सुनिश्चितता गर्न विधान संशोधन गर्नुपर्ने र त्यसका लागि दुइ तिहाइ सदस्य आवश्यक पर्ने देउवाले बताए । 
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।