logo

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरु गरिदै

    2480   पटक पढिएको


१३ फागुन /अर्थ र व्यापार – मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरु सिँगारिएका रथ र विभिन्न सम्प्रदायका झाँकीसहित ताप्लेजुङ प्रस्थान गरेका छन् । काठमाण्डौको नयाँ बानेश्वरमा अध्यक्ष कमल थापाले सिँगारिएका रथ र सवारी साधनमा पार्टीको झण्डा राख्दै अभियानमा संलग्न कार्यकर्ताको बिदाइ गरेका हुन् ।

स्वाभिमान यात्राका लागि ताप्लेजुङ जान लागिएका रथहरुमा गाई, स्वयम्भू र पृथ्वीनारायण शाहको मुर्ति राखिएको छ । गाई राखिएको सिंगारिएको रथ पहिलो , स्वयम्भूनाथको मुर्ति राखिएको रथ दोश्रो र तेश्रोमा पृथ्वीनारायण शाहको मुर्ति राखिएको रथ पछि  विभिन्न धर्म र सम्प्रदायको पहिचान झल्किने झाँकीसहितका सवारीसाधनको लस्करकासाथ राप्रपाका कार्यकर्ता काठमाण्डौबाट औपचारिक रुपमा बिदा भइ यात्रामा निस्किएका हुन् ।

स्वाभिमान यात्रामा प्रयोग गर्ने गरी राष्ट्रियता, सनातन धर्म र एकता झल्काउने विम्बसहितका कयौ सामाग्रीहरु तयार पारिएको छ । प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले राष्ट्रिय स्वाधिनताको रक्षा र राष्ट्रिय अखण्डताका लागि सबैलाई जागरुक गर्दै राष्ट्रवादी आधारभूमि तयार पार्नकालागि मेची महाकाली यात्रा गर्न लागिएको स्पष्ट पारे ।

राप्रपाले यही फागुन १५ गते ताप्लेजुङबाट मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरु गर्दे छ । सुदूर पूर्वदेखि तराईका विभिन्न जिल्ला हुदै सुदूर पश्चिमसम्म पुगेर फागुन ३० मा काठमाण्डौमा फर्केर यात्रा समापन हुने राप्रपाले जनाएको छ । २ हजार ८ सय १० किलोमिटर दूरी यात्राका क्रममा विभिन्न स्थानमा २ सय बढी सभा गरिने पनि राप्रपाले जनाएको छ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।