logo

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक आज बस्दै ,  नेकपाको संसदीय दलको बैठक पनि आजै बस्ने

    1681   पटक पढिएको

११ पुस /अर्थ र व्यापार - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् । मंसिर २९ देखि शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले पार्टी र सरकार सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।

बैठकमा दुवै अध्यक्षको तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि मिश्रित प्रतिक्रिया प्राप्त भएको महासचिव विष्णु पौडेलले बताए । राजनीतिक प्रतिवेदनको विशेषतः पूर्व एमालेभित्र माधव नेपाल पक्षधर नेताहरुले आलोचना गरेका छन् । त्यस्तै झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेता पनि प्रतिवेदन पुनर्लेखनको पक्षमा छन् ।

पूर्व एमालेभित्रको केपी ओली पक्षका नेताहरुले प्रतिवेदनका साथै सरकार र पार्टी नेतृत्वको बचाउ गरेका छन् । त्यस्तै पूर्व माओवादीभित्र प्रचण्ड र बादल निकट नेताहरुले पनि राजनीतिक प्रतिवेदनमा सुधार र सरकारको कामबारे प्रश्न उठाए पनि उनीहरु नेतृत्वको बचाउमा उभिएका छन् ।

जनार्दन शर्मा र देवेन्द्र पौडेल बाहेक सबै स्थायी कमिटीका सदस्यहरु बैठकमा सहभागी भएर आ-आफ्नो धारणा राखेको नेकपाले जनाएको छ । सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रतिवेदन आवश्यक सुझाव समेटेर पारित हुने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । विहान ८ बजेदेखि शुरु भएको बैठकमा अध्यक्षको तर्फबाट जवाफ दिने क्रम चलिरहेको स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए । स्थायी कमिटी बैठकपछि आजै नेकपाको संसदीय दलको बैठक बस्दैछ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।