logo

नारायणकाजीलाई अनावश्यक विवादमा मुछियोः प्रचण्ड

    1497   पटक पढिएको


२८ मंसिर/अर्थ र व्यापार– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कमानसिं लामा र हाइड्रोपावरको आर्थिक कारोबारको विवादमा अनावश्यक रुपमा जोडेर प्रचार भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्य कमानसिं लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा अध्यक्ष दाहलले प्रवक्ता श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार भइरहेको भन्दै त्यस्तो प्रचारको पछि नलाग्न आग्रह गरेका हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको केन्द्रीय सदस्य कमानसिंह लामासँग भएको कुराकानीको अडियो तथा भिडियो सार्वजनिक भएपछि श्रेष्ठ विवादमा तानिएको हो ।

दाहलले लामा र हाइड्रोपावरका सम्बन्धित व्यक्तिलाई सँगै राखेर श्रेष्ठले लेनदेन विवादमा मिल्नुस् भन्नेबाहेक अरु कुनै कुरा नगरेको भन्दै भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।