logo

चुनावको तयारीमा केन्द्रित  हुन कर्मचारी र निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

    1374   पटक पढिएको

१३ माघ/अर्थ र व्यापार– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुनावको तयारीमा केन्द्रित हुन कर्मचारी र निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

६९ औं भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले लोकतन्त्रको प्राण चुनाव भन्दै सरकारको चुनावी माहोललाई समर्थन गर्न कर्मचारी तथा निजी क्षेत्रलाई तयारीमा लाग्न आग्रह गरेका छन् ।

मन्त्री पौडेलले केही मानिसहरुले निर्वाचन नहुने हो की भन्ने शंका गरिरहेको छ । तर मुलुक अहिले चुनावको माहोलमा अघि बढीसकेको बताए ।

कार्यक्रममा मन्त्री पौडेलले कोरोना खोप अभियान सुरु भैसकेको भन्दै खोपले देशको आर्थिक गतिविधि अघि बढाउन पनि सहयोग पुग्ने बताए ।

भन्सारको कामकाजमा सहजीकरण गर्न मन्त्रालय तत्पर रहेको पौडेलले बताए । उनले व्यावसायीहरुको जायज मागलाई सम्बोधन गर्ने र व्यावसायीहरुले पनि न्यूनबिजकीरणको समस्या अन्त्य गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विभागको आधुनिकीकरणले व्यावसायीलाई सहज हुने बताए ।

यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सार विभागलाई उद्योग मन्त्रालय अन्तर्गत राख्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।