logo

अर्बपति चौधरी कांग्रेस प्रवेश, 

    2358   पटक पढिएको


कात्तिक १३ / अर्थ र व्यापार - काठमाडौं । उद्योगपति विनोद चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनलाई समानुपातिक सूचीबाट सांसदको उम्मेद्वार बनाएको कांग्रेसको संसदीय बोर्डका एक सदस्यले पुष्टि गरे ।
चौधरी एक दशकपछि राजनीतिमा फर्किएका हुन् । २०६४ सालको संविधान सभा निर्वाचनमा एमालेले उनलाई  समानुपातिक सभासद बनाएको थियो। २०७० सालको चुनावमा उनी प्रत्यक्षबाट उम्मेद्वार बन्ने चर्चा चलेको थियो। तर, उम्मेद्वारी  दिएनन् । एमालेभित्र माधव नेपाल निकट रहेका उनी केपी ओली पावरमा आएसँगै ‘कर्नरिङ’मा परेका थिए। ओलीले उपेक्षा गरेपछि उनी एमालेबाट क्रमशः टाढा हुँदै गएका थिए । एमाले नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीका प्रिय रहेका चौधरीको कांग्रेस नेताहरु पनि सुरु देखिनै निकट सम्बन्ध थियो । 
 
अहिले चौधरीलाई आफ्नो दलमा ल्याउने कांग्रेस महामन्त्री सशांक कोइरालाले विशेष पहल गरेका थिए । कोइरालाको निर्वाचन क्षेत्र (नवलपुर १) मा चौधरीको उद्योग ग्राम रहेको छ । कोइराला सहित नेता रामचन्द्र पौडेल एवं बालकृष्ण खाँड लगायतले पनि चौधरीलाई कांग्रेसमा ल्याउन पहल गरेको स्रोतले जानकारी दियो । 
 चौधरी आफ्नो दलमा प्रवेश गरेको बारे कांग्रेसले सोमबार दिउँसो विज्ञप्ती जारी गर्ने स्रोतले बताएको छ । 
 
चौधरी प्रसिद्ध म्यागेजिन फोर्ब्सको अर्बपति सूचीमा परेका एकमात्र नेपाली व्यवसायी हुन् । फोर्ब्सका अनुसार उनको अहिलेको सम्पत्ति एक अर्ब ३० करोड अमेरिकी डलर एक खर्ब ३५ अर्ब रुपैयाँ हाराहार रहेको छ । टाटा समूहको सहकार्यमा उनले एसिया, अमेरिका, अफ्रिका लगायत बिभिन्न मुलुकमा होटल सञ्जाल विस्तार गरेका छन् । त्यस बाहेक वाइवाइ चाउचाउलाई पनि विश्वभर फैलाउने मिसन लिएका छन् । भारतका बिभिन्न राज्यमा वाइवाइको उद्योग स्थापना गरि सकेका चौधरीले केही समय अघि युरोपमा समेत प्लान्ट लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।