logo

माओवादीको चुनावी  मोर्चाका चुनावी घोषणापत्र सार्वजनिक 

    1738   पटक पढिएको

 

२२ कात्तिक / अर्थ र व्यापार - काठमाडौं– मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी माओवादीको  चुनावी मोर्चाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । 
बुधबार काठमाडौमा आयोजित कार्यक्रममा सो पार्टीका नेता तथा चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । 
सार्वजनिक गरिएको घोषणापत्र २८ बुँदा र १४ पेजमा समेटिएको छ । जसमा संसदबादी दलहरुलाई यथास्थितिबादी भनिएको छ । रु १० मुल्य नै तोकेर सार्वजनिक गरिएको उक्त घोषणापत्रमा अहिलेका प्रमुख भनिएका राजनीतिक दल र सरकारको राजनीति भण्डाफोर गर्ने तथा उनिहरु चुनावपछि पनि नसच्चिने भएकाले मुलुकको बैकल्पिक शक्ति माओवदी क्रान्तिकारी भएको दावी गरिएको छ । बैद्यको घोषणापत्रमा अहिलेको संघीय संरचना गलत रहेको उल्लेख छ । त्यस्तै उत्कृष्ट भनिएको संविधान अपुरो रहेको तथा परराष्ट्र नीति पञ्चशिलको आधारमा हुनुपर्ने सर्वमान्य मान्यता कुल्चदै त्यसविपपरित संविधान मौन रहेको उल्लेख गरिएको छ । त्यस्तै मुलकलाई स्वतन्त्र र सम्बृद्ध बनाउन १९५० असमान सन्धी खारेज, विप्पा खोरज, भ्रष्टचारीलाई कारबाही गर्न शसक्त काननु बनाउने, १२ कक्षा सम्म निशुल्क गर्ने, हरेक प्रदेशमा ‘रेखरल’ अस्पताल बनाउने र बैज्ञानिक भुमिसुधार लागु गर्ने प्रतिवद्धता  घोषणापत्रमा उल्लेख छ । 

घोषणापत्र सार्वजनिक गर्दै मोर्चाका अध्यक्ष गजुरेलले संविधान नै गलत प्रकृयाबाट जारी गरिएको टिप्पणी गरे । उनले हालको संविधानले जनयुद्ध र जनआन्दोलनलाई सम्बोधन नगरेको भन्दै यसले जनताका इच्छा र आकांक्षा पुरा गर्न नसक्ने भएकाले अझै क्रान्तिको आवाश्यक्ता रहेको जनताले महशुस गरिरहेको दावी पनि गरे । ‘पश्चगामी संविधान बनाइएको छ  क्रान्तिका नायक नै खलनायक भएका छन् ।

संविधानलाई उत्कृष्ट भनेर आतसिवाजी गर्दैछन् तर यसले जनताका समस्या सम्बोधन गर्नै सक्दैन’ सम्बोधनका क्रममा गजुरेलले अरु दल यहि संविधानमा रमाएपनि आफ्नो पार्टी संविधान खारेजीका लागि संघर्ष गरिहेको बताए । ‘हामी यो संविधान अपुरो भयो, यसले जनताका माग पुरा गर्दैन त्यसैले जनगणतन्त्रका लागि हाम्रो प्रयास जारी छ ।’
त्यस्तै गजुरेलले निर्वाचनमा थ्रेसहोल्ड सम्बन्धी व्यवस्था राखेर केही टाउकेले मात्र मुलुकमा राजनीति गर्न खोजेको आरोप लगाए । ‘यस्तो प्रतिकृयाबादी सत्ता ढाल्नुपर्छ, संविधान खारेज हुनुपर्छ भन्ने हाम्रो मान्यता हो यहि मान्यताका कारण अरु दलभन्दा हामी यसैमा फरक छौ ’ गजुरेलको भनाई थियो ।  एमाले र माओवादी अव कम्युनिष्ट नै नरहेको उनको आरोप थियो । ‘नेतिकता, इमान केही छैन, देउवाले अपमान गरेर विनाबिभिागिय बनाउदा समेत सरकारमा बसिरहेका छन् । यो भन्दा लाजमर्दो केहोला ? उनको प्रश्न थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।